टाेखा लाइभ संवाददाता
असार १५ नुवाकोट
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड ६ दिनदेखि अवरुद्ध भएको छ ।
गत मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले ह्युम पाइपसहित सडक बगाउँदा नाका जोड्ने छोटो दूरीको सडक अवरुद्ध भएको हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ६ स्थित सोलेखोलामा राखिएको ह्युम पाइप बगाउँदा सडक अवरुद्ध भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएको छ ।वर्षासँगै आएको बाढीले त्रिशूली नदीदेखि मैलुङसम्मको सडक अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढीले सोले खोलामा राखिएका नौवटा ह्युम पाइप बगाएको र सडक भासिएको छ ।
एक–एकवटा जेसिबी र लोडर, दुईवटा
काम सुरु भइसकेको छ । अवरुद्ध सडक छिटै सञ्चालनमा आउने अनुमान गरिएको छ भने यता पहिरोका कारण टोखा छहरे सडकखण्ड पनि अवरुद्ध भएको छ।
नुवाकोटलाई छहरे टोखा हुँदै राजधानी जोड्ने छहरे टोखा सडक खण्डको काफलडाँडामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।सडक अवरुद्ध भएका कारण काठमाडौँबाट नुवाकोटतर्फ गइरहेका तथा नुवाकोटबाट काठमाडौँ आइरहेका सवारीसाधन अन्योलमा परेको छन् ।
नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो टोखा छहरे सडक खण्डअन्तर्गतको काफलडाॅडामा पहिरोले डाँडो भासिएर सडकमा खसेको जानकारी प्राप्त भएको छ । पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानिय रामहरि रिमालले जानकारी दिनुभएको छ।