•            
    • Hikmat Dangol

    • १४ असार २०७७, आईतवार २१:०९

    धेरै जानेर बिग्रेको मान्छे म !

    Babu Ram Ghimire, Buddhist Study, TU.
    PhD Scholar.

    टोखा लाइभ ।माहाभारत संसारकै महत्वपूर्ण घटना मध्ये एक हो | विश्व इतिहासको युद्ध र शान्ति मा यसको आफ्नै महत्त्वपूर्ण भूमिका छ| झट्ट हेर्दा यो धर्म र पाप को लडाइँ, पाण्डव र कौरव को लडाइ, जे-जे व्याख्या गरिएको भएतापनि समाजमा व्याप्त पौराणिककाल देखि हालसम्म, सुन्दरता, बलवान, धन, हातियार, राज्य र राज्यसत्ता आफ्नो पक्षमा बनाई, अरुलाई शासनमा कसरी गर्ने ? कसरी आफू माथि जाने ? भन्ने नै केन्द्रित भई महाभारत युद्ध भएको पाइन्छ | योभन्दा फरक व्याख्या कसैले गरी पनि कुनै आपत्ति हुँदैन महाभारत युद्धको बारेमा | किनभने यो अथाहा व्याख्या छ, जुन व्याख्या को अर्थ जो जसरी पनि वर्णन गर्न सकिने प्रशस्तै ठाउँहरु छन् | तर अनौठो यिनले यति धेरै पात्र खडा गरेर, सत्य घटनाहरु र कल्पनाहरु समिश्रित गरेर, विभिन्न पर्दा हुँदै हाम्रो आँखासम्म आइपुग्यो कति खर्च लाग्यो होला ? त्योभन्दा पनि महाभारतको लडाइमा र आजसम्म आइपुग्दा यसको विल खर्च आउने हो भने कति बिल उठ्यो होला |कतिले कस्तोखालको ज्ञान आर्जन गर्ने होला आदि आदि प्रश्न उत्तरहरु पैदा हुन्छन् नै | समग्रमा यहाँ बुँदागत रुपमा यसलाई बौद्धिक पाठकहरू समक्ष लैजाने चेस्टा गरेको छु | यसमा मुख्य पात्रहरुको बारेमा यहाँ खासै छलफल गरिएको छैन | अन्तिममा मैले मेरो आफ्नो धारणा पनि राख्ने छु, यहाँहरुको मूल्यांंकन सोही विषयमा हुनेछ |
    हामीले जे निर्णय लिन्छौ भबिस्यलाइ सोचेर लिनुपर्छ | सुन्दरताको, आफ्नै महत्व भएतापनि विचारै नपुर्याई यसमा फस्दा ठुलो धोका हुन्छ | कहिले कसैलाई पनि अनाबश्यक रुपमा बिश्वास गरिहाल्नु हुदैन | हरेक व्यक्ति आ-आफ्नो बचनमा प्रतिबद्दता हुनुपर्छ, चाहे त्यस बचनले आफैलाई नोक्सान किन नगरोस | एक जनाले दिमाग,बल,बुद्दिको,संयोजन गर्न सके हजारौलाइ परास्त गर्न्न सकिन्छ | राजा, नेतृत्व, व्यक्ति होइन सस्था हो , त्यसैले उसलाइ ब्यक्तिगत निर्णय गर्ने छुट हुदैन | असल व्यक्तिले सार्बजानिक समारोहमा प्रस्तुत हुदा पोसाक लगाउने तरिका र अरुले लगाएको पोसाक लाइ अनाबस्यक चासो राख्ने दुवै खराब प्रवृति हुन् | पोसाकलाई हामीले चरित्र भन्ने बुझ्नु पर्छ | गुरुबाट सिकेका युद्धअभ्यासको कुरा सकेसम्म जिबन रक्षा का लागि हो, लढाइका लागि होइन | तर लडाइँका क्रममा, विरोधीलाई कहिल्यै कमजोर सोच्नु हुदैन | एकातिर, कहिले काही एउटाको शिर छेदन गर्दा कैयौको ज्यान बच्छ भने त्यो पनि गर्नु धर्म हो, भने अर्कोतिर अरु कसैको खुसीका लागि (सत्यका लागि ) आफ्नो सिंहासन सहजै छाड्न सहजै तयार हुनु पर्छ | काम सबैले गर्छन, तर पूर्ण रुपमा काममा दृति लगाएर कमैले गर्छन, अर्जुनले कुनै पनि काम गर्दा निकै दृस्टी पुर्याएर गर्थे , त्यसैलाई अर्जुन दृस्टी भनिन्छ |
    रंग भुमि र रणभूमि फरक हुन्छ | लडाई समान तह र वर्ग बिचमा मात्र सम्भब छ, जस्तो राजकुल र राजकुल बीच | नेता बन्न र नेत्तृत्व लिन सत्रु होइन मित्रुहरुको आबश्यकता पर्छ | महत्वपूर्ण कामहरु ,योग अभ्यास , लडाइ , निर्णय क्षमता को बिकास, नेत्तृत्वको बिचमा जे भयपनी आदेश को कडा पालना हुनैपर्छ | सत्तामा पुग्न र अन्तिम घडिमा धर्मलाई आफु अनुकुल व्याख्या गरेको देखिन्छ | राज परिवार बीचमा छोरी-बैनीको बिबाह आफ़्न्नो स्वार्थ र सत्ता अनुकुललाइ महत्तो दिएको प्रष्ट देखिन्छ | राजनीतिमा सबै भन्दा ठुलो शत्रु क्रोध हो | धर्म लडाइमा धर्मको पालना गर्नु पर्छ | तर लडाइमा धर्मको उलंघन भने हुदो रहेछ | युद्द नगर्न राम्रो, गरे पछि युद्दको नियममा बस्नुपर्छ | युद्दमा आफ्नैलाई पनि युद्द जित्नमा बाधा परे पहिला गोलि हान्नु पर्छ | अर्जुनले भीष्मपितामहलाइ बाण हान्दा प्रत्यक उनले बाणलाई चुमेर स्वीकार गरे | उनले भने अर्जुनले बाण चलाएर कर्तब्य पालना गरे , मैले बाण खाएर कर्तब्य को पालना गरे | परिवार, समुह, संगठन, भित्र कुनै एक सदस्य कमजोर छ भने, त्यो समुह कुनै न कुनै रुपमा बिखन्डन हुन्छ | लडाइको परिणाम सुखद हुन्छ भन्नु एकोहोरो सोच मात्र हो | बिध्या दानगर्ने गुरु, जति सक्षम भए पनि चेलाहरुसँग युद्द आफै गर्न मिल्दैन तर सिकाउन मिल्छ |
    धेरैजसो युद्ध र लडाईमा, युद्द लड्ने हरु बास्तबिकता थाहा नपाई नपाइ लड़छन, थाहा पाउदा पुरै बिनास भै सकेको हुन्छ | देवताले दिने बरदान भनेको बिशेष शक्ति(उच्च र अरुलाई नसिकाएको ज्ञान र कला) रहेछ | नियमअनुसार अर्थात सूत्रअनुसार त्यसलाई प्रयोग गरिएन भने यो विशेष प्रकारको अस्त्र हतियार ले बिचमै काम गर्न छोड्छ | अब बाँकी ज्ञान छैन् पुरुष अंग मात्रै हुँदोरहेछ | किनकी जति बिश्वाशिलो भएपनि चेलाले पूर्णरुपमा सही स्थानमा त्यो अस्त्र प्रयोग गर्छ भन्ने कुरा अरुलाई केही शंका गर्ने ठाउँ सुरक्षित हुँदोरहेछ | त्यसैलाई यसो भनिएको रहेछ, नियम भित्र यसको पालना नभए, त्यो फिर्ता पनि हुँदोरहेछ | विरोधीलाई कमजोर सम्झनु महाभूल हो |
    शिक्षा कहिलेइ पुरा हुदैन, गुरुको संगत सागर समान हुन्छ | युद्दमा दुइ चिज अनिबार्य छ सहास र साधन | अहंकारले एक व्यक्तिको र युद्दले सम्पूर्ण को नस्ट गर्छ | मित्रता सुधामा र श्री कृष्ण जस्तो हुनु पर्छ | कृष्ण सुधामाको कनिका ले अघाए, किनकि त्यो प्रेमको भोक थियो | यो कनिका उ आफु भोको बसेर मलाइ दिएको हो | उसको सारा सम्पति नै यहि हो , त्यसैले यो मुल्यवान छ | साथि संग जति मन का कुरा अरु सन् राख्न सकिदैन |
    एक स्त्रीको लागि सबै भन्दा ठुलो कुरा उसको पति र उसैको विश्वास हो | पति प्रेमको लागि स्त्रीको रुप र योबन अति आबश्यक हुन्छ | समय अनुसार रुप र योबन बदलिन्छ | जसरि चादनी बदलिंछ | गहना र श्रीगार बाट श्रीमानको मन जित्न जित्न सकिन्छ | तर यो ति चिजहरु नाशाबान छन् | सौन्दर्यतालाई समयले आक्रमण गर्नसक्छ, तर आक्रमणबाट आफै बच्न सक्नु पर्छ | सौन्दर्य बिना लक्ष्मीको बास हुदैन | सौन्दर्य ( तन र मन), आकर्षण, र प्रेम यी तिनै चिज यो संसार चलाउने मुल आधार हो | ( श्री कृष्णकी रानी ले ब्राहामिनीलाइ दिएको सकारात्मक सुजाब ) उनले आफ्नो श्रीमान्(सुधामा) बिना शुख त के दुख पनि एक्लै भोग्न सक्दिन | बिबाह दो शरिरका हे बन्धन नही, दो आत्माका बन्धन है, भनेकी छन् |
    राजाले सुधामा संग गरेको प्रायास्चित को प्रसंग अतिनै ज्ञान बर्धक छ | एउटा शाषकले चाहेमा एउटा रास्ट्र तुरुन्तै कायापलट गर्न सक्छ | सफलतालाई धैर्य आबस्यक छ | सबैले शक्ति र भक्ति को अभिनन्दन गर्दछन | यो सुधामाको धैर्यताको प्रसङ्ग हो | यदि सुधामाको श्रीमतीले सुधामालाई र श्रीकृष्णलाई पनि जेठी श्रीमतीले पटक पटक नसम्झाएको भए, अनुरोध नगरेको भए, यो सुधामा र श्री कृष्ण भेट हुदैनथ्यो कि भन्न सकिन्छ | त्यसैले श्रीमती को उचित सल्लाह र श्रीमानको, उचित निर्णय जिबनकालमा निकै महातोपुर्ण हुन जान्छ | किनकि त्यहि सल्लाह को उचित सदुपयोग गर्न नजान्नेहरु जिबनाभर दुखि भएका छन् | यति मात्र कुराको मुक्ति पाउदा पनि जिबनको ठुलो शुख, ठुलै जनसंख्याले उपयोग गर्न सक्ने छ |
    बललाई बुद्दिले नै जितेका इतिहास भेटिन्छन | बलको जित क्षणिक हुने र बुद्दिको जिते दिर्गकालिन हुन्छ | युद्दमा भाबुकता भन्दा बिबेकको प्रयोग गरुरी हुन्छ | अर्जुनको धनुषको नाम गाण्डिब धनुष हो जसले माहाभारताको मुल कथा को केन्द्र बिन्दु बनेर देखायो | मै आश गरेर आयाथा तुमे र्हास ग्रिदियाथा | जसने दिल जिता उसने जग जिता |जिसने दिल छोडा जित बि छोडा | धर्म युद्द भएपनि कर्णलाई गाडा फसेको बेलामा धनुष हान्नुनै धर्म हो | – श्री कृष्ण , त्येही बेला कर्णको टाउको अर्जुनले उडाइदिञ्छन | अरुको अपमान गर्नेको बिनास गर्नु धर्म हो | धर्ति सबैको साझा हो | धर्म युद्दको नियम श्री कृष्णले मिचेका थिए | उनले भने अधर्मको नासको लागि नै पृथ्वीमा मेरो जन्म भएको हो | यो महाभारतको भाग 1 देखि भाग 122 बाट लिइएको हो | आशा छ माथिका हरफहरु बाट यहाँहरुलाई मनग्य ज्ञान प्राप्त भयो !
    तीन विषयमा डिग्री भै सक्यो मेरो | अब PhD सक्छु | कति जान्ने हो ? योभन्दा ! के म धेरै जानेको मान्छे होइन ? उसै त म धेरै जानेको मान्छे, स्कुलमा धेरै जानेर म अहिलेसम्म बढुवा भएको छैन ! संगठनमा धेरै चाहने र म निश्चित सीमाभन्दा माथि जान सकेको छैन ! आर्थिक परिचालन मा धेरै जानेर म अरबपति भइन ! यी माथिका हरफहरु, लेखहरु, बुद्धिहरु, लडाइँका कलाहरु बुझ्दा फेरि बुद्धि थपियो | संविधानमा लेखेजस्तै, माथि जेसुकै लेखिएको भएतापनि ,म एउटा किताब लेख्ने निष्कर्षमा पुगेको छु जसको शीर्षक छ, धेरै जाने र बिग्रेको मान्छे म !

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै