•            
    • Hikmat Dangol

    • १३ असार २०७७, शनिबार १९:५१

    ऐतिहासिक नगरी टोखामा सुन्दर ड्रिम प्यालेस।फोटो फिचर

    टोखा लाइभ ।काठमाडौंको हल्लाखल्ला र धुँवाधुलो बिचमा रहेको एक शान्त बगैचामा बसेर जहाँ बसेर एकैछिन स्वर्गीय आनन्दको श्वास फेर्न सकिन्छ। अनि स्वर्गीय आनन्द लिई ड्रिम्स प्यालेस भित्र करीब १० करोडको लगानीमा बन्दै गरेको अत्याधुनिक स्वीमिंग पुलमा डुबुल्की मारी गर्मी मौसममा पनि चिसो को अनुभूति गर्दै मज्जा लिन सकिन्छ ।

    टोखा सुन्दर, शान्त र आकिर्षित पर्यटकिय क्षेत्र मध्यको एक मानिन्छ। यतिबेला निक्कै गर्मी छ । असार महिनामा प्रत्येक दिन मध्यान्हतिर तापक्रम बढ्ने गरेको छ ।

    त्यसैले बढ्दो शहरीकरण र आधुनिकीकरणसँगै टोखामा आम मानिसलाई मन बहलाउनको लागि टोखाका स्थानीय पप गायक वीरकृष्ण लवटले ग्राहक तान्न अनेकन योजना ल्याउने तरखरमा छन् । त्यसमध्येको एक हो ड्रिम प्यालेस भित्र रहेको स्वीमिङ पुल ।

    यहाँ आउने आगन्तुकहरुले बगैंचा प्राकृतिक सौन्दर्य संगै आधुनिक वास्तुकलाको अवलोकन पनि गर्न सक्दछन्।

    नयॉ निर्माणसंगै बगैचामा आधुनिक संरचना पनि थपिएर यहाँ आउने आगन्तुकहरुलाई सुविधा प्रदान गरिने गायक वीरकृष्ण लवटले टोखा लाइभलाई बताए।

    प्रकृतिको मनोरम स्वीमिंग पुलको आनन्दसँगै युरोपियन शैलीको वास्तुकला पनि यहाँ हेर्न सकिन्छ।ग्राहकलाई सुविधा दिने क्रमानुसार यहॉ फिटनेस, सौना, रेस्टोरेन्ट, स्पा, लाइभ ,शो संगीत , योगा, मीटिंग हल, जोम्बा लगायत अन्य थुप्रै सुविधा थप्न लागेको वीरकृष्णले टोखा लाइभलाई भन्नुभयो।

    पहिले पहिले विदेशीहरुले मात्रै स्वीमिंग गर्ने प्रचलन रहेकोमा आजकल स्थानियहरु नै पौडीखेल्न समय निकालेर जानेको संख्या अत्याधिक हुने गरेकोले यसको उदघाटन लकडाउन खुले लगतै गर्ने वीरकृष्ण बताउँछन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै