•            
    • Hikmat Dangol

    • १३ असार २०७७, शनिबार १७:४८

    मन्त्रालयको अध्ययन गलत सावित, नेपाल प्रवेश गर्‍यो सलह

    टोखा लाइभ ।सरकारले नेपालमा नआउने भनी दावी गरेको सलह नेपाल प्रवेश गरेको छ। शनिबार नेपालका तराईका जिल्लाहरुमा सलह देखिएको छ। फट्यांग्राकै एक प्रजाति सलहले बालीनाली नष्ट पारिदिने गर्छ ।

    भारतको राजस्थान र झरखण्डमा सलहले उधुम मच्चाएपछि सलह नेपालमा पनि आउन सक्ने चर्चाकाबीच कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले अघिल्लो महिना नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो।

    झरी शुरु भएको, हावाको वहाव परिवर्तन भएको जस्तो कारण देखाउँदै प्रतिवेदनमा नेपालमा सहल नआउने दावी गरिएको थियो। अध्यय कार्यदलको यस्तो प्रतिवेदनका कारण सरकारले सलहको सम्भावित जोखिमबारे कुनै तयारी गरेन। तर, खेतिपाती शुरु भएकोबेला तराईका जिल्लामा प्रवेश गरेको सलहले नेपालमा कृषि क्षेत्रमा ठूलो संकट निम्त्याउने जोखिम बढेको छ। बारा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा सलह देखिएको छ।

    नेपालमा सलह ६० वर्षपछि देखिएको हो। यसअघि १९६० मा काठमाडौं उपत्याकालगायतका जिल्लामा सलह देखिएको कृषि मन्त्रालयले जनाएको छ। त्यतिबेला पनि नेपालमा खाद्य संकट निम्तिएको थियो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै