•            
    • TOKHA LIVE

    • ११ असार २०७७, बिहीबार २०:०२

    टोखाको बानियाटारमा चक्कु प्रहार गरी श्रीमतीको हत्या।

    टाेखा लाइभ ०७७ असार ११ काठमाडौं । काठमाडौँको टोखा बानियाटारमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
    बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानजमा खुल्न आएको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
    उनको घटनास्थल मै मृत्यु भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको जनाएको छ।

    प्रतिकारात्मक तस्वीर

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै