हिक्मत डंगोल
टोखा लाइभ । एमसीसी सम्झौताविरुद्ध , संस्कृति सम्पदाको संरक्षण, गुठी स्वायत्तता , जन उत्तरदायित्व बहन लगायत नागरिक आवाजको सुनवाई सुनिश्चित गर भन्ने बुलन्द आवाजको साथ चरणवद्द संघर्ष गर्दै आईरहेको नागरिक आवाजले विहिवार टोखा नगरपालिकामा
शान्तिपूर्ण पदयात्रा गरेको छ ।
अमेरिकी अतिक्रमणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई खारेज गर्न र काठमांडौंमा नेवारी स्वायत्तता जोगाउनको लागि नेवारी परंम्परागत बाजा धीमे र बॉसुरी बजाई टोखा नगर परिक्रमा गरेको थियो।नागरिक आवाज़को शान्तिपूर्ण पद यात्रालाई सफल बनाउन हलिं नेवा: गुठी टोखाले मु: ध्वाखामा सगुण दिई स्वागत गरेको थियो।मु: ध्वाखामा नागरिक आवाजको समुहलाई स्वागत गरेको कार्यक्रम हेर्न ठूलो संख्यामा किशोर- किशोरीहरू र अधवैसेहरू भेला भएका देखिन्थे।
नागरिक आवाजको संयोजक सुमन सायमीले लक डाउनका कारण देश नयॉ अवस्थामा प्रवेश गरेकोले सामाजिक सन्जाल देखि सडक ,सदन सवैतिर एमसिसि चाहिदैन यो राष्टको हितमा छैनभनेर बिरोध हुदाहुदै पनि मुठी भित्रका औलामा गन्न सकिने नेताहरुलाई यो एमसिसि किन चाहियको ? वहॉले प्रतिप्रश्न गर्नु भयो।“ एमसीसी खारेज हुनुपर्छ भन्ने हामी नागरिक आवाजको संकल्प हो जुन हामी खारेज गरेर छोड्छौ।अहिले यहाँका आदिवासी नेवारहरुको पहिचान र संस्कृतिमाथि पनि प्रहार हुँदैछ।हाम्रो भुमि लुटेर सुकुम्बासीलाई ५ आना दिने निर्णय गरेको छ, जुन हामीलाई मान्य हुने छैन।नेवारहरूलाई नै यहॉबाट विस्थापित गर्ने कामलाई हामी घोर विरोध गर्दछौं। नेवा: स्वायत्त राज्य प्राप्ति नभए सम्म हामी अगाडी बढ्नेछौं”। समीर सायमीले टोखा लाइभलाई बताउनु भयो।
नागरिक आवाज़ टोखा नगर परिक्रमा गर्ने सिलसिलामा नास: ध् हुँदै सपन विनायक पुगेको थियो।शान्तिपूर्ण पद यात्रामा सबै खालका दर्शकहरूको सहभागिता रहेको देखिन्थ्यो।पहिलो पटक टोखा बजार घुम्न आएका जय कुमार चौधरीले अरू समुहका कार्यक्रम पनि हेरेको अनुभव सुनाउँदै भन्दै थियो-“ मनोरंजनका लागि त कार्यक्रम हेरेको तर सामाजिक र राष्ट्रीय उद्देश्य भएको यो नागरिकको आवाज़ निकै संगीतमय छ।मन परिहाल्यो। नागरिक आवाज़का सदस्यहरूले धिमे बाजा र बॉसुरी बजाउनुका साथै यसले सॉस्कृतिक भाइचाराले नेवा: सभ्यतालाई अझै बलियो बनाउने र आफ्नो यसमा पूर्ण समर्थन रहेको विचार पनि पोखेका थिए।
यस शान्तिपूर्ण पदयात्रामा खाली खुट्टाले हिड्दै नागरिक आवाज अभियानमा साथ दिदै आउनु भएका एक नव युवक एमसिसि खारेज नभए सम्म आफुले जुत्ता नलगाउने संकल्प गरेको कुरा टोखा लाइभलाई भन्नुभयो।उनको यस कार्यले सबैलाई अचम्म पारेको थियो।
नागरिक आवाज़ले असार ५ गते देखि पुरानो ठिमी, नगदेश, सॉखु, चॉगुनारायण, भक्तपुर, इमादोलमा बॉस बस्दै मंगल बजार, हरिसिदी,थैव, चापागॉउ, खोकना, बुँगमति, किपु, पॉगा, सतुंगल, स्वयम्भु अनि बाइसधारा हुंदै कलाकारी साथ टोखा नगरमा आएका हुन् ।यस पद यात्राका निम्ति सम्पूर्ण सामग्री बोकेर हिडेको नागरिक आवाज टोलीमा लगभग ६० जना संलग्न रहेको कुरा सुमन सायमीले टोखा लाइभलाई जानकारी गराएका छन्।