•            
    • Hikmat Dangol

    • ११ असार २०७७, बिहीबार १०:३१

    परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

    टोखा लाइभ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओबीच टेलिफोन वार्ता भएकोछ ।

    संवादका क्रममा दुवै पक्षले कोभिड–१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रतिसहानुभूति र संवेदना पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बार्ताका क्रममा बिदेशमन्त्री पोम्पेओले अमेरिकी सहयोग एमसीसीको संसदद्वारा अनुमोदनमा भएको ढिलाई बारे चासो राखेकोबताईएको छ । ५० करोड डलरको अमेरिकी सहयोग लिने सम्बन्धमा सत्तारुढ नेकपामा बिववाद भएपछि संसदमा अड्किएको छ ।

    परराष्ट्रमन्त्री र विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सरहाना गरे । दुवै पक्षलेनेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको दुई देशबीचको विकास साझेदारीको महत्वबारे पनि छलफलगरेकानथिए ।

    मन्त्री ज्ञवालीले कोभिड–१९ महामारीसम्बन्धी परियोजनामार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्यलगायत अन्य क्षेत्रमा प्रदान गरेकोसहयोगको सराहना गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सो अवसरमा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिएका थिए । दुवै पक्षले कोभिड–१९पछिको सन्दर्भमा वृद्धि हुनेस्तरको आर्थिक साझेदारीसँगै सहकार्य बढ्ने विश्वास व्यक्त गरे ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै