•            
    • Hikmat Dangol

    • १० असार २०७७, बुधबार १७:१५

    कोरोना क्वारेन्टिनमा जन्मियो शिशु

    टोखा लाइभ ।प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माएकी छन् । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माएका हुन् ।

    क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै मंगलबार बिहान करीब ८ बजे उनी सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए ।

    आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले टोखा लाइभ लाई बताउनु भयो।खड्का आफ्ना श्रीमानसंग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बसेकी हुन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै