•            
    • Hikmat Dangol

    • ८ असार २०७७, सोमबार ०५:३२

    बहराइनबाट १५१ जना स्वदेश फिर्ता

    अमर श्रेष्ठ (बहराइन संवाददाता )

    टोखा लाइभ ।सरकारले कोरोना भाइरस महामारीको कारणले बहराइनमा अड्किएका नेपालीहरुलाई नेपाल ल्याउन नेपाल एयरलाइन्सको जहाज RA2376 ले आइतबार बहराइनबाट उडान भरेका छन् । उक्त उडान मार्फत १५१ जना नेपाली स्वदेश फर्केका छन् । जहाज सोमबार बिहान ०१:०५ मा बहराइनबाट काठमाडौं उडेको थियो र ८ : १० बजे काठमाडौं अवतरण गर्नेछ।पालको जहाज पहिलो पटक बहराइनको एयरपोर्ट पुगेको हो ।कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउने क्रममा आज बहराइनमा अड्किएका नेपालीलाई उद्धार गरी फर्काएको हो ।

    कोरोनाको त्रासमा कष्टकर समय बिताइरहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई घर फर्काउने नेपाली राजदुतावास बहराइनको यस महान काममा “हाम्रो साथ, आमाको काख“ नामक एक अभियानले सहजीकरण गरेको थियो र यसरी जोडिन पाएकोमा यस अभियानका अभियन्ताहरु अत्यन्त हर्षित थिए । लामो प्रयासपछि घर फर्कन पाउँदा नेपालीहरु अत्यन्त खुसि भएको यसै अभियानका सहयोगि तथा गैर आवासीय नेपाली संघ, बहराईनका द्वितीय उपाध्यक्ष श्री अमर श्रेष्ठले टोखा लाइभलाई बताउनु भयो।

    यस उडानका लागि जहाज चार्टरकाे व्यवस्थापनकाे जिम्मा पाएकाे Geoland holidays and tours प्राइभेट लिमिटेडका संचालक शरद शर्माले आइतबार नै २ सय ४७ जना नेपाली साउदी अरब बाट ल्याएर नेपाल एयरलाइन्सको जहाज साँझ बहराइन उडेको बताए । नेपाल एयरलाइन्सले साउदीमा पनि पहिलो पटक उडान भरेकाे हाे, बहराइनमा पनि पहिलो पटक हाे शर्माले भने । नेपाल एयरलाइन्सले यस्ता मुलुकहरुमा नियमित उडान गरे धेरै सहज हुने र नेपालीहरु लाभान्वित हुने व्यावसायि शर्माले बताए । करिव ३० हजार नेपालीहरु बहराइनमा कार्यरत छन । रोजगारी गुमाइ अलपत्र परेका नेपाली कामदारहरुलाई, कलेज बन्द भइ पठन पाठन अवरुद्ध भएका विद्यार्थीहरु लगायत विभिन्न समस्यामा रहेका नेपालीहरु घर फर्काउनकाे लागि बहराइन स्थित नेपाली राजदुत पदम सुन्दासज्यूले संयोजन गरेका थिए । बहराइनको लागि अर्को उडान पनि यहि २५ जुनको लागि तय भएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै