•            
    • Hikmat Dangol

    • ५ असार २०७७, शुक्रबार ११:०७

    गुठी आन्दोलनको स्मरणमा बिहीबार साँझ टोखामा दीप प्रज्वलन

    टोखा लाइभ ।सरकारले गुठी विधेयक फिर्ता लिइएको एक वर्षको सम्झनामा टोखा हलिं नेवा: गुठीले विहिवार सॉझ ७:३० बजे दीप प्रज्वलन गरेको छ। गत वर्ष को असार ४ गतेको गुठी विधेयक विरुद्धको ऐतिहासिक विशाल खबरदारी सभालाई स्मरण गर्दै संघर्ष समितिले  बिहीबार साँझ  ७: ३० बजे दीप प्रज्वलन गरेको हो।   

    टोखा हलिं नेवा:गुठीका अध्यक्ष कृष्ण हरि श्रेष्ठले असार ४ गतेको ऐतिहासिक विशाल खबरदारी सभालाई स्मरण गर्दै र कोरोना महामारीको संवेदनशील अवस्थालाई समेत मध्यनजर गरी दीप प्रज्वलन गरेको टोखा लाइभलाई बताए। ‘गत वर्षको असार ४ गते गुठी विधेयक विरुद्धको ऐतिहासिक विशाल खबरदारी प्रदर्शन भएको थियो , त्यही दिन एक वर्ष पुगेको अवसरमा बिहीबार साँझ टोखाका हरेक चोक, मन्दिर लगायतका स्थानमा सतर्कताका साथ सामाजिक दूरी कायम गरी दीप प्रज्वलन गरेका हौं । टोखा हलिं नेवा गुठीका सचिव समिर शाहीले बताए।

    समीरले गुठीको गठित सुझाव समिति स्पष्ट नरहेको कानुन निर्माण गर्ने विषयमा सरकारको पाइला शंकास्पद रहेको भन्दै खबरदारीको लागि टोखामा  दीप प्रज्वलन गरिको टोखा लाइभलाई जानकारी दिए।  सरकारले फिर्ता लिएको गुठी विधेयक खारेजीको माग राख्दै २०७६ असार ४ गते गुठियार र संरक्षणकर्मीको अगुवाईमा माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको थियो। 

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै