•            
    • Hikmat Dangol

    • १८ आश्विन २०७८, सोमबार १८:३९

    कांग्रेस सभापतिका दाबेदार विमलेन्द्र, प्रकाशमान र शशांकबीच छलफल

    टोखा लाइभ ।२०७८ असोज १८ गते

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच सोमबार भेट भएको हो ।

    निधि निवास बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले जानकारी दिए ।

    पछिल्लो समय तीन नेताबीच भेटघाट बाक्लिएको छ । निधिले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक पनि सभापतिमा उठ्ने तयारीमा छन् ।

    तीनै नेताले एक अर्कालाई सहयोग गर्न आग्रह गर्दै आएका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै