•            
    • TOKHA LIVE

    • १७ आश्विन २०७८, आईतवार ०८:४५

    राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना अन्तिम चरणमा

    टाेखालाइभ डट कम/असोज १७,२०७८

    प्रत्येक १०/१० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि घरधुरी सङ्कलनका लागि यहाँका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छ । जिल्ला जनगणना कार्यालय डोटीले सुपरीवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्ररुपमा अगाडि बढाएको कार्यालयले जनाएको छ । आफ्नो तोकिएको काम सकेर सङ्कलन गरिएको तत्थ्याङ्क लिएर टोली केही दिनमा जिल्ला फर्किने तयारीमा रहेको बताइएको छ ।

    गाउँमा खटिएका सुपरिवेक्षकले घरपरिवार घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर कति पुरानो, घरमा परिवारको सङ्ख्या तथा कृषि विवरण आदिको बारेमा तत्थ्याङ्क लिने काम अन्तिम चरणमा पु¥याएको जिल्ला जनगणना कार्यालयले जनाएको छ। जिल्ला जनगणना कार्यालयका अनुसार सुपरीवेक्षकले अहिले नौवटै स्थानीय तह दिपायल सिलगढी, शिखर नगरपालिका, केआइसिंह, आदर्श, सायल, पूर्वीचौकी, बोगटानफुड्सिल, बडिकेदार तथा जोरायल गाउँपालिकाका स्थानीयवासीका घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरण तथा घरधुरी सङ्कलनका लागि जिल्लाभरिमा कूल ७५ जना सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै