•            
    • TOKHA LIVE

    • १ आश्विन २०७८, शुक्रबार १७:५१

    नेपाल कम्युनिष्ट पार्टी एमालेको काठमाडौ जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रम सम्पन्न।

    टाेखालाइभ संवाददाता/ असोज १,२०७८

    नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाण्डौ जिल्ला कमिटीद्वारा आयोजित जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रम समारोह सम्पन्न भएको छ।
    भाद्र ३१ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रम समारोहका प्रमुख अतिथि केपी ओली सहित शीर्षनेता तथा एमाले काठमाडौंका जनप्रतिनिधि र नेताहरूको उपस्थित रहेको थियो।

    नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु महानगर तथा नगर कमिटीका सदस्यहरु नेकपा एमालेका जनप्रतिनिधिहरुको वडा कमिटीका अध्यक्ष तथा सचिवहरु र जनसङ्गठनका केन्द्र प्रदेश जिल्ला र नगर प्रमुखहरुको सहभागिता रहेको थियो।

    कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफ्नै घरमा आगो लगाएर खरानी घसेर हिँडेको भन्दै आरोप लगाएका छन् ।

    कार्यक्रममा अध्यक्ष केपि ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरे । उनले आफ्नै पार्टीको सरकार ढालेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएको तथा पार्टी विभाजन गरेको भन्दै नेता नेपालको कडा आलोचना गरे ।

    अहिलेको सरकार टुटेफुटेका दलहरूको गठबन्धनले बनाएको ‘निकम्मा सरकार भएको’ उनको आरोप छ । उनले फेरि जनादेशबाट सरकार बनाउने दाबी पनि गरे ।

    कार्यक्रममा अध्यक्ष केपि ओलीले अहिले माओवादी केन्द्र नभएको तर्क गर्दै प्रचण्ड गुट मात्रै भएको आरोप लगाए।

    कार्यक्रमको उक्त बृहत भेलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेता रामबहादुर थापा र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए।

    भेलाको कार्यक्रम भने बागमती प्रदेशका माननीय दिपक निरौलाले सञ्चालन गरेको थियो।कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रिय सदस्य कृष्ण राइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको आयोजना हुने उक्त कार्यक्रममा सम्मानित परिस्थिति र अबको राजनीति अवस्था पार्टीको १०औं महाअधिवेशन संगठन निर्माण र कार्यकर्ताको भूमिका आजको आवश्यकता नेकपा एमालेको एकता र कम्यूनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमाले लगायतका विषयमा अग्रज नेताहरूले शिक्षण दिएको थियो।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै