• TOKHA LIVE

  • २८ भाद्र २०७८, सोमबार ०६:५७

नेपाल कम्युनिस्ट पार्टी( एमाले) काठमाडौले भदौ ३१ गते जिल्ला स्तरीय कर्याकर्ता भेला गर्ने

टाेखालाइभ/ भाद्र २८,२०७८,

काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टी ( एमाले) केन्द्रिय कमिटिको अपानी १२ को निर्देशन अनुसार भाद्र ३१ गते बिहिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जिल्ला स्तरीय कर्याकर्ता भेला प्रशिक्षण कार्यक्रममा अनिवार्य उपस्थीती हुन आब्हान गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी सभा हलमा बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म संचालन हुने सो कार्यक्रममा नगर कमिटिका सबै पदाधिकारीहरु , वडा कमिटिहरुका अध्यक्ष र सचिव , निर्वाचित सबै जनप्रतिनिधिहरु तथा जनसंगठनहरुका नगर कमिटिका प्रमुखहरुलाई अनिवार्य उपस्थिती हुन आब्हान गरेको छ ।

सो कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले समसामयिक परिस्थिती र अवको राजनैतिक कार्यदिशा ,महासचिव ईश्वर पोखरेलले संगठन निमार्ण र कर्याकर्ताको दायित्व , मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सुदृढ एमाले र आजको आवश्यकता र रामबहादुर थापाबाट कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बिषयमा प्रशिक्षण हुने बताइएको छ ।

 

Facebook Comments

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै