• TOKHA LIVE

  • २७ भाद्र २०७८, आईतवार १०:२७

प्रकाश सिलवालको अध्यक्षतामा नुवाकोटमा राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे)गठन

टाेखालाइभ डट कम/भाद्र २७,२०७८,

फोटो पत्रकारितामा आवद्धहरुको सांगठनिक संस्था राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे)  भेलाले राष्ट्रिय फोटो पत्रकार समूह नुवाकोट गठन गरेको छ । विदुरमा सम्पन्न समूहको प्रथम भेलाले आगामी तीन वर्षे कार्यकालका लागि प्रकाश सिलवालको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।भेलाले उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा महेन्द्र अधिकारी, कोषाध्यक्षमा केरिना शाक्यलाई चयन गरेको छ । सदस्यहरुमा सन्जय भट्ट, उषा रेग्मी र सन्नी श्रेष्ठ चुनिएका छन् ।

शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व तथा फोटो पत्रकार समुह नुवाकोटका संयोजक राजेन्द्र गजुरेलको सभापतित्वमा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले सिलवालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

Facebook Comments

सम्बन्धित खवर
सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै