टाेखा लाइभ ,असार २ काठमाडौं : सातवटै प्रदेश सरकारले सोमबार आर्थिक वर्ष ०७७/७८ को बजेट सार्वजनिक गरेका छन्। संघीय सरकारले जेठ १५ मा बजेट घोषणा गरेपछि प्रदेश सरकारले बजेट सार्वजनिक गरेका हुन्।
हेर्नुहोस् यस्तो छ सात वटै प्रदेशको बजेट
प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६ दशमलब २९ प्रतिशत बजेट विनियोजन गरिएको छ।
त्यस्तै पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३ दशमलब ७१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ।
प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड
प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि यसअघि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्व ७२ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको थियो।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाखमध्ये चालू खर्चतर्फ ४५.९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पूँजीगत खर्च तर्फ ५३.६७ प्रतिशत अर्थात १७ अर्ब ९७ करोड ८२ लाख र वित्तीय व्यवस्था तर्फ ०.४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको छ।
प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारको तर्फबाट अनुदान १३ अर्ब ४० करोड ५९ लाख र चालु आर्थिक बर्षको नगद मौज्दातबाट ६ अर्ब ९१ करोड २२ लाख २९ हजार व्यवस्थापन गर्ने जनाएको छ।
प्रदेशले आर्थिक वर्ष २०७७-०७८का लागि ल्याएको बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ। त्यस्तै स्थानीय तहहरुको सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदानका लागि २ अर्ब ८३ करोड रुपैया विनियोजन गरेको हो।
बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१ दशमलब १२ प्रतिशत विनियोजन गरिएको छ।
कूल बजेटमध्ये चालुतर्फ रु २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत र पुँजीगततर्फ रु २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वतर्फ रु २० अर्ब ८३ करोड ७९ लाख, अन्तरसरकारी अनुदानतर्फ रु १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ रु. ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ रु सात अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटले आव २०७६/७७ मा प्रदेशको कुल सरकारी खर्च विनियोजनको तुलनामा ६२.६४ प्रतिशत अर्थात् रु २९ अर्ब ८२ करोड ८५ लाख हुने संशोधित अनुसार प्रदेश सरकारको चालू आवमा राजस्व परिचालन लक्ष्यका तुलनामा रु ६ अर्ब ४१ करोड ५१ लाख न्यून भई रु १६ अर्ब ३७ करोड ९७ लाख हुने संशोधित अनुमान गरिएको छ जुन लक्ष्यको तुलनामा ७१.८६ प्रतिशत छ।
गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८४ करोड
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेका हुन्। वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ।
आगामी वर्षको कुल बजेटको ५७ दशमलब ४ अर्थात १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ भने चालु खर्चका लागि कुल बजेटको ४१ दशमलब २ प्रतिशत अर्थात १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थाका लागि कुल बजेटको १ दशमलब ४ प्रतिशत अर्थात ५० करोड विनियोजन गरेको बताएको छ।
बजेटको स्रोतमा नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान १ अर्ब ४९ करोड ८९ लाख र विशेष अनुदान ५४ करोड प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, राजश्व बाँडफाटबाट ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टी बापत ३० करोड, आन्तरिक राजश्वबाट ४ अर्ब ६० करोड प्राप्त हुने अनुमान छ।
बजेट वक्तव्यमा आगामी वर्ष भौतिक पूर्वाधारका क्षेत्रमा बजेट कम हुन गएको र कृषि र स्वाथ्यमा बढाएको बताएको छ।
बजेटमा कोरोना भाइरस रोकथाम नियन्त्रण र यसका असर न्यूनीकरण गर्न २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
कोरोना रोकथामका लागि गुणस्तरीय क्वारेन्टिन निर्माण, कोरोना विशेष अस्पताल र आइसोलेसन कक्ष निर्माण एवं संचालन, सबै जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसियु) निर्माण, पिसिआर परीक्षण, औषधि उपकरण खरिद र कोष स्थापनाका लागि ६० करोड ४० लाख विनियोजन गरिएको छ।
प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड
प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार आगामी वर्षको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।
कूल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् ३४ दशमलव ६४ प्रतिशत रहेको छ। त्यस्तै पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार अर्थात् ५१ दशमलव २२ प्रतिशत छ।
स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड बजेट विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणको अंश कूल विनियोजित बजेटको १४ दशमलव १४ प्रतिशत छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख रहेको छ।
त्यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८१ करोड ३६ लाख, समपूरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालु आर्थिक वर्षको वचत रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ।
कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड
कर्णाली प्रदेश सरकारले गत वर्षको तुलनामा करिब ५० करोड कम आकारको बजेट ल्याइएको छ। प्रदेशले आगामी आर्थिक वर्ष ०७७र ७८ को लागि ३३ अर्ब ७४ करोड रुपौयँको बजेट ल्याएको हो।
सोमबार प्रदेशसभामा बजेट पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ।
बजेटमा आगामी आर्थिक वर्षमा करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ।
सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब २८ करोड ४८ लाख
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि ३३ अर्बको बजेट ल्याएको छ। प्रदेशसभामा अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सोमबार ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत बजेट रहेको मन्त्री बोहराले जानकारी दिए।