• TOKHA LIVE

  • २४ भाद्र २०७८, बिहीबार २१:२८

नेकपा एमाले काठमाडौंले भाद्र ३१ गते हुने बृहत प्रशिक्षण भेला आयोजना गर्ने

टाेखालाइभ डट कम/भाद्र २४,२०७८

नेकपा एमाले काठमाण्डौको आयोजनामा भाद्र ३१ गते हुने बृहत  प्रशिक्षण भेला रास्ट्रिय प्रज्ञा प्रतिष्ठानमा १२ बजे देखि ४ बजे सम्म हुने तयारी बैठक आज सम्पन्न भएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको अध्यक्षतामा जिल्ला पार्टी कार्यालयमा भएको बैठकले उक्त प्रशिक्षणको व्यवस्थापन तथा प्रचार प्रसारका वारेमा छलफल गरिएको थियो।

आजको तयारी बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,केन्द्रीय सदस्य तथा सह इन्चार्ज रामेश्वर फुयाल र नारायण सिलवाल,काठमाण्डौका १० वटै निर्वाचन क्षेत्रका संयोजक,११ वटा नगरपालिकाका अध्यक्षहरु र नेकपा एमालेका नगर प्रमुखहरुको उपस्थिति रहेको थियो।

नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु, महानगर तथा नगर कमिटीका सदस्यहरु, नेकपा एमालेका जनप्रतिनिधिहरु, वडा कमिटीका अध्यक्ष तथा सचिवहरु र जन संगठनका केन्द्र ,प्रदेस ,जिल्ला र नगरका प्रमुखहरुको सहभागितामा हुने उक्त बृहत भेलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली,महासचिव ईश्वर पोखरेल,उपाध्यक्ष अस्टलक्ष्मी शाक्य र नेता राम बहादुर थापाले विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्ने कार्यक्रममा जानकारी दिइयो।

Facebook Comments

सम्बन्धित खवर

फोटो पत्रकार सरोज बस्नेतलाई मातृशोक

काठमाडौं कांग्रेसको वडा अधिवेशन सम्पन्न

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै