•            
    • Hikmat Dangol

    • १ असार २०७७, सोमबार २१:००

    विश्व निकेतनमा अध्यापन सम्बन्धी महत्वपूर्ण बैठक :

    असार १, २०७७, सोमवार ।

    टोखा लाइभ ।काठमाडौंको त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक बिद्यालयका शिक्षक तथा कर्मचारीबिच बिद्यार्थीहरुलाई कोरोनाको महामारी वावजुद समयमै पठन पाठन सुचारु गर्नेबारे विस्तृत योजनामाथि गम्भीर छलफल भएको छ ।

    प्रधानाध्यापक हेरम्ब राज कंडेलको अध्यक्षतामा बसेको सो बैठकले बिद्यार्थीहरको नाम दर्ता शुरु गर्ने देखि पाठ्यपुस्तक वितरण , भर्ना प्रक्रिया , अनलाइन लगायत विभिन्न विधिबाट अध्यापन शुरु गर्ने योजना तय गर्नुका साथै शिक्षक र कर्मचारीहरुका योग्यता , अनुभव र दखलका आधारमा विशेष गरी बिद्यार्थीहरुको पढाई केन्द्रित समुहहरु विभाजन गरिएको छ ।

    सो बिद्यालयका सहायक प्रधानाध्यापक गंगा थापाले केहि शिक्षकले घरैबाट आ–आफ्नो विषयगत अनलाइन कक्षा संचालन गर्ने तथा केहि बिद्यालयमा उपस्थित भई अन्य शिक्षण तथा अतिरिक्त क्रियाकलाप तयारी तथा बिद्यालयका भौतिक पुर्वाधार तयार पार्ने जस्ता गतिविधि गतिविधिमा संलग्न रहने बताउनु भएको छ ।

    त्यसैगरी सहायक प्रधानाध्यापक ओमशंकर श्रेष्ठले सम्पूर्ण क्रियाकलाप कार्यान्वयन गर्दा सबैभन्दा पहिले स्वास्थ सुरक्षा प्रति सजगता अपनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । सो बैठकमा सहायक प्रधानाध्यापक केदार दाहाल लगायत अन्य शिक्षक शिक्षिका तथा कर्मचारीहरुले पनि आ–आफ्नो तर्फबाट महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै