टाेखा लाइभ,असार १ काठमाडौं : मोटरसाइकलमा एक जना मात्रै बस्न पाउने नियमको ब्यापक विरोध भएपछि अब दुई जना यात्रा गर्न पाउने नियम लागु भएको छ । मोटरसाइकल र स्कुटरमा दुई जना नै यात्रा गर्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नागरिकलाई समस्या भएको गुनासो बढेसँगै यो नियम हटाएर दुई पाङग्रे गाडीलाई पनि जोर बिजोर अनुसार चलाउने निर्णय गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
३० गते शुक्रबार मात्रै चार पाङग्रे निजी गाडीलाई जोर बिजोर र दुई पाङग्रेमा दुई जना यात्रा गर्न नपाउने गरि नियम बनाएको थियो । तर यो नियम अव्यवहारिक भन्दै ब्यापक विरोध बढेपछि दुई दिनमै सरकारले निर्णय सच्याएको हो।
सो नियम सोमबारदेखि लागू हुनेछ । यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने छैनन् ।
चार पाङग्रे निजी गाडी जस्तै अब मोटराइसकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका चल्ने छन् । प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन। सरकारले पैदल यात्रीलाई समेत सामाजिक दुरी पालना गर्न र सुरक्षित भएर हिँड्न समेत आग्रह गरेको छ।
सरकारले चैत ११ गतेदेखि लकडाउन लागु गरेको थियो। बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो।