•            
    • TOKHA LIVE

    • १ असार २०७७, सोमबार १७:२७

    काठमाडौंका ४ जना कोरोना पोजिटिभ :-

    टाेखा लाइभ,असार १ काठमाडौं : आज सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी अनुसार काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
    धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष जना, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष र पाटन स्वास्थ विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी १ महिला र काठमाडौंका २ महिलामा कोरोना पोजेटिभ देखिएको हो।मन्त्रालयले उनीहरुको उपत्यकाका कुन कुन ठाउँका हुन् भन्ने खुलाएको छैन ।

    नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। सोमबार ४५१ जना कोरोना संक्रमित थपिएकाे याे संख्या २४ घन्टामा हालसम्मकै उच्च हाे। संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै