टाेखा लाइभ, असार १ काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक विधिबाट विद्यार्थीको पठनपाठन सुरूवात गरेको घोषणा गरेका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसईईको विकल्पमा जान कोरोना महामारीको परिस्थितिले उत्प्रेरित गरिरहेको पनि बताएका छन्।
शैक्षिक सत्र २०७६ को एसईई परीक्षा कोरोना महामारीले स्थगित भएको दुई महिनापछि सरकारले हालै आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो।
सोमबार प्रधानमन्त्री ओलीले वैकल्पिक विधिबाट विद्यार्थीको पठनपाठन सुरूवात भएको घोषणा गर्दै एसईई विकल्पमा जान अहिलेको परिस्थितिले उप्रेरित गरेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले रेडियो, टिभी, अनलाइन, अफलाइनबाट पठनपाठनको व्यवस्था मिलाइएको पनि जानकारी गराएका छन्।
‘यस महामारीको समाप्तिसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने सम्भावना बढेर गएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘।