•            
    • TOKHA LIVE

    • १ असार २०७७, सोमबार १३:०६

    कोरोना भाइरसबाट विश्वमा ४ लाख ३५ हजार भन्दा बढीको मृत्यु, करिब ८० लाख संक्रमित:-

    एजेन्सी / कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार ६८१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ९७ हजार ६०९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
    नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४१ लाख २९ हजार ३०९ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ३२ हजार ६१९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
    चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ६२ हजार २२८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १७ हजार ८५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै