•            
    • TOKHA LIVE

    • ३२ जेष्ठ २०७७, आईतवार ०९:१४

    ढिलो गरी सुरु भयो मनसुन

    २०७७ जेठ ३२ , आइतवार ।

    सामान्यतया १० जुनमा भित्रिने मनसुन यो वर्ष दुईदिन ढिलो गरी शुक्रबार पूर्वी भागमाबाट नेपाल प्रवेश गरेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी भागमा पुगिसकेको मनसुन केहि दिनमा पश्चिमतिर फैलिने र मनसुनी गतिविधि देखिने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ।

    जल तथा मौसम पूवा नुमान महाशाखाका वैज्ञानिक समिर श्रेष्ठले शुक्रबारबाट मनसुन नेपाल प्रवेश गरेको र केहि दिनमा देशभर फैलिने बताए।

    ‘नेपालमा मनसुन भित्रिसकेको छ केहिदिनमा देशभर फैलिन्छ। यो वर्षको मनसुन सामान्य रहेको देखिएकाले औषत पानी पर्ने देखिएको छ। सबैतिर पानी पर्छ,’ श्रेष्ठले टोखा लाइभ लाई भन्नुभयो।

    आज र भोलीको दिनको मौसम यस्तो हुनेछ।

    जेठ ३२ गते (आइतबार)
    दिउँसो : देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ। प्रदेश ५ को एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
    राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    असार १ गते (सोमबार)
    दिउँसो : देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ।
    राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश ३, प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै