• TOKHA LIVE

  • ११ श्रावण २०७८, सोमबार १७:३६

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

टाेखा लाइभ डट कम / श्रावण ११
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेकी हुन् ।राष्ट्रपति कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्री देउवासँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरिएको उल्लेख गरेको छ ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन् ।
सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् ।

Facebook Comments

सम्बन्धित खवर

फोटो पत्रकार सरोज बस्नेतलाई मातृशोक

काठमाडौं कांग्रेसको वडा अधिवेशन सम्पन्न

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै