•            
    • TOKHA LIVE

    • ३ श्रावण २०७८, आईतवार १३:२९

    मेरी बास्सै’की ‘चम्सुरी’ पल्पसा डंगोल उपचारको क्रममा अस्पतालमा भर्ना:-

    टाेखा लाइभ डट कम /श्रावण ३,२०७८

    काठमाडौं–मृगौलामा देखिएको स्वास्थ्य समस्याका कारण
    नेपाली कलाकार पल्पसा डंगोल अर्थात ” चम्सुरी”
    टिचिङ्ग हस्पिटल मा उपचारको क्रममा रहेको छ।
    स्रोतका अनुसार पल्पसा डंगोललाई किड्नीमा समस्या देखा परेकोले अस्पताल भर्ना भएको हो भनी जानकारी प्राप्त हुन आएको छ। पल्पसा डंगोलले नेपाली कला क्षेत्रमा लामो समयदेखि आफ्नो अभिनय मार्फत योगदान गरिरहेका कलाकार पनि हुन।

     

    हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’का रुपमा अभिनय गरेर लोकप्रियता कमाएकी पल्पसा केही दिनअघिमात्र महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।उनले विभिन्न फिल्म तथा टेलिफिल्ममा अभिनय गरेको भएता पनि मुख्य गरि नेपाल टेलिभिजन बाट प्रशारण हुने “मेरी बास्सै ” नामक कार्यक्रम अत्याधिक प्रख्यात रहेको टेलिसिरियल हो। उक्त कार्यक्रम विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ म अभिनय गर्दै आएकी पल्पसाले अन्य टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोसमेत अभिनय गरिसकेकी छन् ।

    उनी टेलिफिल्म ‘दृष्टि’की निर्देशकसमेत हुन्। । भने हरेक हप्ताको शुक्रबार डिशहोम टिभि मा प्रसारण हुने ‘ चम्सुरीसंग चिया गफ ‘ कार्यक्रममा नेपालका ख्यातिप्राप्त नेपाली कलाकारहरु संग अतिथि रूपमा स्वागत गर्दै रमाइला कार्यक्रम संचालन पनि आयोजना गर्छिन्। उनकि दुई छोरी छिन।

    पल्पसा डंगोललाई किड्नीमा समस्या देखा परेपछि टिचिङ अस्पतालमा भर्ना भएकी पल्पसालाई
    अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समितिका
    अध्यक्ष रामप्रसाद खनालले ” अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाकी सल्लाहकार, अग्रज कलाकार, साथी पल्पसा डङ्गोलजी दुबै किड्नी फेल भएर अस्पताल भर्ना हुनुभएको खबरले निकै मर्माहत बनायो । वहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस्तै दु:खद घडीमा हो पेशागत संघ संस्थाको छहारी चाहिने ।

    अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखामा रहनुभएका सबै मित्रहरुलाई वहाँ सँग संपर्कमा रहन, होस्टेमा हैंसे गर्न, हामीहरु छौं है भनेर ढाडस दिन र मानबिय समबेदना एबम सहयोगका हात अघि बढाउन म हार्दिक र बिनम्र अनुरोध गर्दछु । केन्द्रका तर्फबाट हामी वहाँसँग साथमा भएको जानकारी गराउन चाहन्छु । शीघ्र स्वास्थ्यलाभको कामना पल्पसाजी” – भन्नुभयो। – फाेटाे :पल्पसा डंगोलको फेसबुकबाट

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै