•            
    • TOKHA LIVE

    • २ श्रावण २०७८, शनिबार ११:३०

    माधवनारायण मन्दिर निर्माण गर्नको लागि क्षमा पुजा सम्पन्न

    टाेखालाइभ/ श्रावण २,२०७८

    काठमाण्डाै – साँखुको महत्वपूर्ण सम्पदा माधवनारायण व्रत पूजा गर्ने जगटी नजिक माधवनारायण मन्दिर निर्माण गर्नको लागि क्षमा पुजा सम्पन्न गरिएको छ। करीब ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको माधवनारायण मन्दिरको निर्माण सुरु गर्नु अगाडि गर्नुपर्ने विशेष क्षमा पुजा हिजो साँखुका राजपुरोहित सुदन राजोपाध्यायले विधीकर्म अनुसार पुजा सम्पन्न गर्नुभएको थियो । क्षमा पूजामा शंखरापुर नगरपालिकाका प्रमुख सूर्वण श्रेष्ठ, वडा अध्यक्षहरु विष्णुप्रसाद श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ लगायतको उपस्थिति थियो ।

    मन्दिरको डिजाईन आर्किटेक्ट इञ्जिनियर अनिल श्रेष्ठले गर्नुभएको हो भने यो वर्ष जग राखेर १ तल्लाको संरचना बनाउने र अर्को वर्ष मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

    सो अवसरमा शंखरापुर नगरपालिका वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले व्यक्तिगतरुपमा २ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । श्रेष्ठले चेक नगरप्रमुख सुवर्ण श्रेष्ठ श्रेष्ठलार्इ र नगरप्रमुख श्रेष्ठले श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । वडा अध्यक्ष श्रेष्ठले यस अघि २ लाख सहयोग गर्ने घोषणा गर्नुभएकोमा सहयोग गर्ने क्रममा उहाँले केही रकम बढाएर गर्नुभएको थियो । फाेटाे : लावण्य सन्देश

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै