•            
    • TOKHA LIVE

    • २९ जेष्ठ २०७७, बिहीबार १९:०८

    अबदेखि मोटरसाइकलमा चालकले मात्रै चढ्न पाइने।

    टाेखा लाइभ, जेठ २९ काठमाडौं । सरकारले बिहीबारदेखि नै लागू हुने गरि लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ ।

    तर मोटरसाइकलमा एक जना भन्दा बढी चढ्न नपाइने भएको छ। सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जनाए अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने नयाँ निर्णय पनि गरेको छ । त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । साथै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । यो व्यवस्था बिहीबारदेखि नै लागु हुने गरि सरकारले निर्णय गरेको हो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै