टाेखा लाइभ,जेठ २७ रुपन्देही : रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै पाँच जना साथीको हत्या गरेका छन् । स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले आफुसँगै काम गर्ने साथीहरुको हत्या गरेका हुन् ।
उनीहरुको ठेगाना खुल्न बाँकी रहेको छ । हत्यामा संलग्न सिञ्जालीलाई प्रहरीले तिलोत्तमा दशवाट नियन्त्रणमा लिएको छ । हत्याको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चारजनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।