•            
    • Sanu Raj Dangol

    • २३ जेष्ठ २०७७, शुक्रबार १६:१०

    जेसिबी खस्दा चालकको मृत्यु।

    शुक्रबार जेठ २३ काठमाडौं : चन्द्रागिरि नगरपालिकामा जेसिबी डोजर दुर्घटना हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ।

    बिहीबार मकवानपुरबाट गणेशमान सिंह लोकमार्ग हुँदै थानकोटतर्फ आउँदै गरेको ना १ क ७२९३ नम्बरको जेसिबी चन्द्रगिरी नगरपालिका–४ सेते पहरामा प्रोगेसिभ कन्सट्रक्सन प्रालिको जेसिबी सडकबाट २५० मिटर तल खसेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

    दुर्घटनामा मकवानपुर थाहा नगरपालिका ०४का ३३ वर्षीय चालक पुर्ण ध्वज केसी र सहयोगी २७ वर्षीय अनिल दिसुवा घाइते भएका थिए। चालक केसीको उपचारको क्रममा बिहीबार राति पौने १२ बजे मृत्यु भएको वृत्तले जनाएको छ।
    प्रहरीले यस घटनाको अनुसन्धान थालेको छ उनीहरूको तत्काल उद्दार गरी उपचारको लागि नेशनल ट्रमा सेन्टर अस्पताल लगिएको थियो।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै