•            
    • TOKHA LIVE

    • ३ बैशाख २०७८, शुक्रबार २०:२२

    टोखा नगरपालिकाका विद्यालय वैशाख ९ देखि बन्द हुने

     

    टाेखालाइभ डट कम/ वैशाख ३,२०७८

    सांस्कृतिक शहर टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । टोखा नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख यहि ९ देखि सबै विद्यालय बन्द गर्न लागेको बताउदै नगर प्रमुख प्रकाश अधिकारीले यश अवधिमा यहि वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ,” उहाँको भनाइ छ।

    यस्तै टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ भने टोखाले सङ्क्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।
    नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिका भरिमा मा सामुदायिक आठ, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिनुभयो ।

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै