टाेखालाइभ डट कम/चैत्र १७ ।
कागेश्वरी मनोहरा नगरपालिकाले नि:शुल्क शव वाहन सेवा संचालन गरेको छ । नगरपालिकाले २०७७ चैत्र १६ गते देखि शव वाहन सेवा काठमाडौं जिल्लाको पूर्वी क्षेत्र गोकर्णेश्वर, शंखरापुर,कामनपा वडा न ३२ पेप्सीकोला र कागेश्वरीमनोहरा नगर क्षेत्र भित्र निःसुल्क प्रयोग गर्न पाउने गरि नगरपालिकाले संचालन गरेको हो।
कागेश्वरी मनोहरा नगरपालिकाको ६६ औं कार्यपालिका बैठकले निःशुल्क शव वाहन संचालनमा ल्याउने निणय गरेको थियो ।शव वाहन सेवा नहुदा नगरबासीले सास्ति बेहोर्नु परेको भन्दै नगरपालिकाले शव वाहन खरिद गरेको थियो । सोहि निर्णय अनुसार नगरपालीकाले चैत्र १६ गते देखि शव वाहन संचालनमा ल्याएको जनाएको छ।
नगरबासी जो कोहिलाई यो सेवा आवश्यक परेमा नगरपालिकाको निम्न नम्बरहरुमा संम्पर्क गर्न समेत अग्रह गरेको छ ।सम्पर्क फोन: ९८६०८५८५१८
फाेटाे सौजन्य : कपनअनलाइन