टाेखा लाइभ: कोभिड–१९ को संक्रमबाट दुई जनाको मृत्यु र संक्रमित हुनेको संख्या समेत बढेपछि सरकारले लकडाउन थप गरेको छ । कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार, आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।
पछिल्लो समय लकडाउनमा झनै कडाई गरिदै आएको छ । एक स्थानीय तहदेखि अर्को स्थानीयमा जान रोक लकाइएकोमा गएको साता देखि एक जिल्लाबाट अर्को जिल्लामा जान समेत रोक लगाइएको छ।