टाेखा लाइभ संवाददाता
२०७७, असार १६ नुवाकोट। विदुर नगरपालिका भित्र रहेका छोरी सस्थामा आवद्ध किशोरी तथा महिलाहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । जोखिममा परेका महिला तथा किशोरीहरु छोरी सस्थामा आवद्ध भइ विभिन्न सिपमुलक तालिम, मनोविमर्ष सेवा र कानुनी सहायता लिइरहेका २७ घर परिवारलाई राहत सामाग्री प्रदान गरिएको हो ।
जोखिममा परेका मिहला तथा किशोरीहरुलाई विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण खाद्यान्न अभाव भएर मानसिक रुपमा समस्या उत्पन्न नहोस् भन्नको लागि सस्थाबाट सेवा लिइरहेकाहरुलाई खाद्यान्न सामाग्री सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छोरी सस्थाका जिल्ला अधिकृत अरुणा लामाले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार प्रत्येक घरलाई १ बोरा चामल, २ लिटर तेल, २ किलो दाल, १ किलो चिनी, १ किलो चना, २ प्याकेट आयोडिन नुन सहित माक्स, स्यानिटाइजर, सावुन लगायतको सामाग्री प्रदान गरिएको हो । कोरोना भाइरसको कारण देशभर लकडाउन गरिएको अवस्थामा छोरी सस्थाले सस्थामा आवद्ध भएका महिला तथा किशोरीहरुलाई निरन्तर मनोविमर्श दिनुको साथसाथै महिनावारीको सवालमा र लकडाउनको समयमा महिला तथा किशोरीहरुमा हुन सक्ने हिंसामा न्यूनिकरण गर्न कस्को के भूमिका रहन्छ भन्ने विषयमा अनलाइन मार्फत अभियान सञ्चालन समेत गरेको छ ।