•            
    • TOKHA LIVE

    • ७ असार २०७७, आईतवार २०:३४

    पुकार तिमिल्सीनाको नेतृत्वमा तारकेश्वर पत्रकार मञ्च गठन।

    टाेखा लाइभ
    काठमाडौँ, ७ असार । तारकेश्वरमा नगरपालिका स्तरीय साझा पत्रकार संगठन गरिएको छ ।
    तारकेश्वर पत्रकार मञ्च नाम दिइएको सो संगठनको नगरपालिका क्षेत्रभित्रका विविध गतिविधिको प्रचार–प्रसार गर्ने र तारकेश्वर नगरपालिकालाई समृद्ध गर्ने योजनामा सहयोग गर्ने उद्धेश्य रहेको जनाइएको छ ।हिजो बसेको भेलाले पुकार तिमिल्सीनाको अध्यक्षतामा एक पछि थप्नेगरी १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
    संगठनको उपाध्यक्षमा उद्धवराज भेटुवाल, महासचिव शुसान्त न्यौपाने, सचिव कपिल भण्डारी, कोषाध्यक्ष सबु बस्नेत, सह–कोषाध्यक्ष प्रकाशराज कार्की, सदस्यहरुमा श्रीकृष्ण ढकाल, मोहन अधिकारी, जीवन हमाल, अस्मिता धमला, हरिराम भेटुवाल, जमुना धमला, सुप्रिमा लुइँटेल र सुनिता सिटौला रहेका छन् ।

    समितिको हिजो बसेको बैठकले ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहरा, प्रा डा केशवराज खड्का, श्रीराम पुडासैनी, श्रीराम केसी, सागर पण्डित, महेशजंग कुँवर र लक्ष्मीराज भण्डारी रहेका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि स्थानीय विकास राज्यमन्त्री रामविर मानन्धर,नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री भीमसेनदाश प्रधानले पत्रकारहरुले गर्नुपर्ने काम कर्तब्यका बारेमा प्रकाश पार्नुभएको थियो भने तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले भौतिक विकास र मानव जीवनमा आइपर्ने सबैखाले समस्यासँग जुध्ने काममा हातेमालो गरि अघि बढन सधै आफू तयार रहेको बताएको छ।

    राजधानी दैनिकका सम्पादक सागर पण्डितले मिडिया राज्यको चौथो अंग भएकोले कसैलाई हचुवाको भरमा नभई सृजनात्मकरुपमा सहयोग गर्नुपर्ने साथै यसरी संगठित भएर राज्यलाई राम्रो कामको लागि झक्झक्याउने काम गरेकोमा आयोजक पत्रकारहरुलाई धन्यवाद दिँदै स्थानीय तहहरुले मिडियालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा (नेकपा)तारकेश्वर नगरपालिकाका लवकुमार श्रेष्ठ, कांग्रेसका विष्णुभक्त उप्रेती, पत्रकार शुसान्त न्यौपाने, ध्रुवराज खड्का, उद्धव अधिकारी लगायतले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए । श्रीराम केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रम मनमैजु सांस्कृतिक समाज अन्तरगत सञ्चार विभागले आयोजना गरेका थिए।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै