जाजरकोट/रुकुम हत्या प्रकरण सोतिका गाउँलेको कुटपिटबाट भेरीमा कान्लोमै नवराज विस्वकर्मा लगायत ६जनाको ज्यान गएको र भेरीमा बेपत्ता भएका ६ जनामध्ये ३ जनाको शव नदी किनारमा भेटिएको छ । भेरी नगरपालिका–४ का नवराजसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शब फेला परेको प्रहरीले जनाएको छ । अन्य तीनजनाको खोजी कार्य जारी रहेको जाजरकोटका प्रहरी जनाएकाे छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक रहेका छन् ।
उक्त घटनालाई छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ।
उक्त घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको संसदलाई जानकारी गराएको जनाएको छ।
गृहमन्त्री थापाकाे अनुसार गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ
उक्त घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको छ । जसमा युवती, युवतीका आमाबुबा, वडाअध्यक्षसमेत रहेका छन् ।