•            
    • TOKHA LIVE

    • २४ जेष्ठ २०७७, शनिबार १९:१२

    बार यूएईबाट आयो नेपालीको एउटा शव, १५३ शव अझै अलपत्र

    शुक्रबार २४ जेष्ठ २०७७, शनिबार ।टोखा लाइभ । शुक्रबार १ सय ६८ जना नेपाली बोकेर आएको एयर अरेवीयाको जहाजले नेपालीको एक शव पनि ल्याएको थियो । –१७५१ नम्बरको जहाजमार्फत साँझ ६ बजे काठमाडौँ अवतरण गरेको जानकारी टोखा लाइभलाई जानकारी दिए । जहाज लकडाउनको अवधिमा कोरोनाबाहेक समेत अन्य कारणले २ सय भन्दा बढी नेपालीको विदेशमा ज्यान गएको थियो । कोरोनाका कारण पनि १ सय २५ हाराहारीको ज्यान गएको छ । यसरी मृत्यु भएका मध्ये कोरोनाका कारण निधन भएका नेपालीको शव नेपाली ल्याउन पाइदैन ।युएईबाट आएकामा प्रदेश नं १ का ४६, प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना रहेका छन् ।

    उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले टोखा लाइभलाई जानकारी दिए ।सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ । जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ ।ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ । जगेडाका रुपमा सिद्धार्थ कलेज धोबीघाट तयार पारिएको छ । यहाँ कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिक राखिने छन् ।उद्धार गरिएकालाई प्रारम्भिक चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेपछि उपत्यकाका तोकिएका ‘होल्डिङ सेन्टर’ मा राखिन्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा पठाइन्छ ।

    त्यसरी नजाँदासम्मका लागि सेन्टरमा उनीहरुको आवश्यक व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ । उपत्यकाका तीन जिल्लामा झण्डै तीन हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गरिएको छ ।कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो । उनीहरुको आवश्यक व्यवस्थापन सिसीएमसीको निर्णयअनुसार हुन्छ ।यसअघि आज बिहान म्यान्मारबाट त्यहीँका सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई स्वदेश फर्काएको थियो । उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मार गएका छन् ।अन्य कारणले ज्यान गएका नेपालीको शव भने अझै पनि नेपाल ल्याउने आशमा विदेशमा अलपत्र अवस्थामा रहेको छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १५३ जना नेपाली कामदारको शव विदेशमा रोकिएको तथ्यांक छ । मलेसिया, खाडी मुलुक, युरोप तथा अमेरिकामा ज्यान गुमाएका नेपालीको शव उतै अड्किएको हो ।वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मलेसियामा ४७, साउदी अरबमा ४५, कतारमा २७, युएइमा १३, कुवेतमा ११, बहराइनमा ५, ओमनमा १ र अन्य मुलुकमा चार जना नेपालीको शव रहेको छ । परिवारको सहमतिमा लकडाउनकै अवधिमा ८५ जनाको अन्त्येष्टि मृत्यु भएकै मुलुकमा गरिएको छ ।मलेसियामा ५, साउदी अरब १३, कतारमा १०, युएइ ४२, बहराइन २, दक्षिण कोरिया ५ र अन्य मुलुकमा ज्यान गुमाएका ८ जना नेपालीको सोही मुलुकमा अन्त्येष्टि गरिएको छ । कोरोना संक्रमणबाट विदेशमा २३ नेपाली कामदारको ज्यान गएको छ ।कोरोना लागेर ज्यान गुमाएका अन्य नेपाली भने पूर्वगोर्खा सैनिक, विदेशमा स्थायी बसोबासको अनुमति पाइसकेका गैरआवासीय नेपालीलगायत हुन् । कोरोनाका कारण साउदीमा ९, कतारमा ४, युएईमा ९ सहित २३ नेपालीको ज्यान गएको हो । कोरोना बाहेक अन्य कारणले मृत्यु भएकाको शव विमान चार्टड गरेर यात्रुसँगै क्रमशः ल्याउने योजना सरकारको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै