•            
    • TOKHA LIVE

    • ११ बैशाख २०७८, शनिबार २०:११

    प्रधानमन्त्रीबाट धरहराको उद्घाटन्

    टोखालाइभ डट कम/ वैशाख १२ , २०७८

    काठमाडौं । विनाशकारी भूकम्पले २०७२ साल वैशाख १२ गते ढलेको ६ वर्षपछि पुनर्जीवन पाएको नवनिर्मित २५ तल्ला अग्लो धरहराको शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ। कार्यक्रमका सभा अध्यक्ष काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो।नवनिर्मित धरहरा जमीनमुनि २ तला, सतहमा १ तल्ला र बाँकी २२ तल्ला अग्लो बनाइएको छ भने यसको उचाइ ८३.८५ मिटर रहेको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बताए हुन्  ।

    आज लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गदै प्रधानमन्त्री ओलीले पहिला धरहराको मुल काष्ठकलाको गेट वरिपरि राखिएको शिलालेख अनावरण गरे त्यसपछि उनी लिफ्टबाट २०औं तलामा रहेको बालकोनीमा पुगे र त्यहाँबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेसंगै पुष्प गुच्छा वर्षा गरेका हुन।

    ‘मै बनाउँछु मेरो धरहरा’ अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण जिम्मा लिएको थियो ।

    नयाँ धरहरामा अपांगमैत्री सहितका दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ । पहिलेको धरहरामा गोलो भर्‍याङ राखिएको थियो भने अहिलेको त्यसलाई नयाँ शैलीमा निर्माण गरिएको छ । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभी कन्ट्रक्सनले २०७५ असोज १४ गते ठेक्का पाएको हो ।

    जिम्मा लिएको करिब साढे दुइ वर्षमा धरहराको पूनःनिर्माण सम्पन्न भए पनि त्यसका अन्य संरचनाहरु निर्माणका काम अझै बाँकी भएको र तिब्र रुपमा काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले बताएका छन्। उनका अनुसार धरहरा पुर्निर्माणमा करिव ३ अर्ब ४८ करोड रुपैयाँ लागत अनुमान गरिएको र कोषबाट अपुग रकम नेपाल सरकारले व्यहोर्ने छ। नयाँ धरहराको २०औं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ भने २२औं तलामा भने पुरानै शिव लिंग स्थापना गरिएको छ। धरहराको कुल उचाई ८० मिटर रहेको छ ।

    धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइनसकेको बताइएको छ । त्यसैले सरकारले धरहराबाट देखिने सुन्दर दुश्यावलोकन गर्न भने अझै केही समय धैर्य गर्न सबैलाई अनुरोध गरेको जनाएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै