•            
    • TOKHA LIVE

    • ६ आश्विन २०७७, मंगलवार ११:२३

    मापदण्ड विपरित सञ्चालनमा रहेका नुवाकोटका ५ क्रसर उद्योग सिल:-

    रामहरि रिमाल

    टाेखा लाइभ असोज ६ नुवाकोट :

    जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटले नदीको दोहन गर्ने पाँच क्रसर उद्योगहरु सिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे नेतृत्वको अनुगमन टोलीले अनुगमन गरेर मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसरमा सिल गरेको हो ।

    सहायक सिडिओ गैरैको नेतृत्वमा गठन गरिएको अनुगमन तथा छानबिन टोलीले तादी खोलाको किनारमा संञ्चालित क्रसरहरु अनुगमन गर्दै नियम बिपरित संचालन गरिएका क्षेत्रपाल क्रसर, तादी गाउँपालिका वडा नम्बर १ मा रहेको सुर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रालि, तादी गाउँपालिका वडा नम्बर ३ मा रहेको दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रालि र पंञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको नेशनल लाईभ ‍एण्ड स्टोन कम्पनी प्रालिमा ताला लगाएको हो ।

    यसअघि नुवाकोट प्रहरीले विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको वर्डस्टोन क्रसर अवैधरुपमा संचालन भएको भन्दै सिल गरेको थियो । सर्वाेच्च अदालतले जिल्लामा अवैध रुपमा रहेका क्रसरहरु बन्द गर्न निर्देशन दिएपनि भुकम्पपिडित र सडक आयोजनाको नाममा क्रसरहरुले लामो समयदेखि खोलाको दोहन गर्दै आएका थिए ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै