•            
    • TOKHA LIVE

    • २९ श्रावण २०७७, बिहीबार १२:४३

    बागमती प्रदेशसभा सदस्य दिपक निरौलाद्वारा समपुरक बजेटको विषयमा छलफल:-


    नविना श्रेष्ठं
    टाेखा लाइभ, श्रावण२९ काठमाडौँ
    बुढानिलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्ती गौडा ३ नं प्रदेशमा बागमती प्रदेश निर्वाचन क्षेत्र नं५ ( २) २ का प्रदेश सभा सदस्य दिपक निरौला ज्यूले आफ्नो निर्वाचन क्षेत्र भित्रका आर्थिक वर्षको योजनाहरूको समीक्षा र चालु आर्थिक वर्षको योजना तथा समपुरक बजेटको विषयमा छलफल कार्यक्रम राख्नुभएको थियो। उक्त कार्यक्रममा टोखा नगरपालिका प्रमुख मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोल, योजनाका प्रमुख वासुदेव भट्टराई, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, नगर प्रमुख उधव प्रसाद खरेल, उपप्रमुख रमा राई, प्रमुख प्रशासकीय वैकुण्ठ सपकोट, योजना प्रमुख महेश पाठक र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
    सबै जनप्रतिनिधिहरुको उपस्थिति भएको कार्यक्रममा टोखा नगरपालिका वडा नं २,४ सपनातिर्थ मंदिर देखि चण्डेश्वरी हात्तिगौडा सम्म विकास निर्माणका विषयमा प्रदेश सभा सदस्य दिपक निरौलाले जानकारी दिनुभएको हो। विकास निर्माण कार्यमा चाँडै गर्नुहुन भन्दै सबैमा आग्रह गर्नुभयो। गत बर्षको आर्थिक बजेटसंगै यो आर्थिक वर्षको बजेटमा भने टोखाका लागि एक करोड मात्र बजेट आएको कुराको उहाँले जानकारी दिनुभएको छ। भने बुढानिलकण्ठमा मोटामोटी तिन करोड क आएको जानकारी दिनुभएको थियो।बुढानीलकण्ठ वडानं ५ को तिसिङ्ग साइतमा सडक निर्माणको योजना रहेको अर्को वडा ४ मा चण्डेश्वरी बाट बुढानीलकण्ठ आउनुपर्ने भनेर आफ्नो विचार राख्नुभएको थियो। टोखा नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाकै नेतृत्व मै योजनाहरु तयार भएको अहिलेको वर्ष आर्थिक योजनामा अघिल्लो वर्षको मिति लेख्नुपर्ने तर यो वर्षको नीति लेखिएको कारणले गर्दा पाउनुपर्ने आर्थिक बजेट नपाइएको गुनासो प्रदेश सभाका सदस्यले दुःख व्यक्त गर्नुभयो। गत वर्षभन्दा यो वर्ष आर्थिक बजेट घटेर आएको सबैमा जानकारी दिनुभयो । हात्तिगौडा देखि टोखा सडक योजना हो कि, सपना तीर्थदेखि चण्डेश्वरी सडक योजना हो कि, सडक योजना हो अन्योलमा आफू रहेको निरौलाले बताउनुभयो। आर्थिक बजेट नपुग्ने भएको सो ठाँउम्म अब कहाँबाट कहाँ सम्म गर्ने सडक निर्माण गर्दा अझ एकजना इन्जिनियरले नेतृत्व गर्दिएको भए सबै निर्माण कार्यहरु गर्न सहज हुने कुरामा उहाँले आफ्नो धारणा राख्नु भयो।
    हात्तिगौंडा सडक स्तरोन्नति वडा नं ६ मा विनियोजित रकम तिन करोड सूचना प्रकाशनमा मिति फेरि ०७७/१/२३ सम्म थप भई सम्झौता भएको बताउनुभयो। साई बाबा चोकदेखि विष्णुमती सम्म सडक स्ताउन्नती उपभोक्ता समितिबाट ९९.३९% भएको जानकारी दिनुभयो। कपन बहुमुखी क्याम्पस भवन निर्माण , माहांकाल क्लब ट्रष्ट निर्माण, रेडक्रस भवन निर्माण, श्री सिद्धि गणेश पुर्न निर्माण, सुन्दरटार पार्क निर्माण, प्रदेश पार्क निर्माण, कपन तामाङ्ग गुठी भवन निर्माण, भद्रकली मन्दिर स्तरोन्नति तथा पार्क निर्माण, पार्क निर्माण, धतेको ढाड गौरी स्थित सामुदायिक भवन निर्माण पद्धति आधारभूत विद्यालयको भवन निर्माण यसरी २०७६/१२/७ गते टेण्डर प्रकियामा गएको सबैमा विस्तृत जानकारी दिनुभयो।

    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशीक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै