रामहरि रिमाल
टोखा लाईभ संवाददाता
श्रावण २१ नुवाकोट : नुवाकोट जिल्ला प्रशासन कार्यालय नुवाकोटले विदुर नगरपालिका र ककनी गाउँपालिकामा निशेधाज्ञा जारी गरेको छ।
विदुर नगरपालिका र ककनी गाउँपालिकामा एकएक जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै विदुर र ककनीमा निशेधाज्ञा जारी गरिएको हो ।
विदुर नगरपालिका वडा नम्बर ९ मा १ जना महिला र ककनी गाउँपालिका वडा नम्बर ५ मा १ जना पुरुषलाई मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार विदुर नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्णय सिफारिसको आधारमा नगर क्षेत्रमा बुधबार साझ ६ बजेदेखि देखि अर्को सूचना नआउन्जेलसम्मलाई निशेधाज्ञा जारी गरिएको हो ।
यस्तै ककनी गाउँपालिकाको पूर्वमा ककनी घमैलो, पश्चिममा पासाङ ल्हामु राजमार्ग, उत्तरमा ककनी हाइट र नेपाल स्काउटको तालिम केन्द्र र दक्षिणमा शसस्त्र प्रहरी बल तालिम केन्द्र अन्तर्गतको क्षेत्रलाई निशेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाइरसक फैलन नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम उक्त स्थानमा जारी गरिएको हो ।