टाेखा लाइभ संवाददाता
असार २६ नुवाकोट : तादी खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा विदुर नगरपालिका वडा नम्बर ५ का ४३ वर्षीय राजेन्द्र कुमाल रहनुभएको छ । विहिवार साझ बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा रहेको खेतमा काम गरेर फर्किने क्रममा उहाँलाई तादी खोलाले बगाएको स्थानीय श्रीकृष्ण कुमालले जानकारी दिनुभएको छ । बेपत्ता भएको कुमालको खाजी कार्य जारी रहेको छ ।
राजेन्द्रसंगै खोला तर्न लागेका १७ वर्षीय विजय कुमालको भने उद्धार गरिएको छ । उनको त्रिशूली अस्पतालमा उपचार भईरहेको छ ।