•            
    • TOKHA LIVE

    • २० असार २०७७, शनिबार १४:१९

    बिदुर नगरपालिकामा पार्क निमाण कार्य अन्तिम चरणमा:-


    रामहरि रिमाल
    टोखा लाईभ संवाददाता
    असार २० नुवाकोट : “सफा र सुन्दर शहर हामी सबैको रहर ” भन्ने मुल मन्त्रको साथ नुवाकोटको बिदुर -१ त्रिशुली बजार स्थित त्रिशुली जल विद्युतको नहरको ईन्टेक डिलमा पार्क निर्माण कार्य भईरहेको छ।
    प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत विदुर नगरपालिकाको समन्वयमा समित गठन गरि पार्क निर्माण गर्न लागेको हो ।

    बिदुर नगरपालिकाको प्रमुख सन्जु पन्डित र वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रन्जितको पहलमा पार्क निर्माण हुन लागेको निर्माण समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनु भयो । श्रेष्ठले पार्क अबलोकन गरि पार्क लाई अझै राम्रो बनाउन सल्लाह र सुझाव दिन आग्रह समेत गर्नु भएको छ।

    घना बस्तीको बीचमा पार्क निर्माण हुदा त्रिशुलीको सौन्दर्य झनै राम्रो देखिने र खाली रहेको स्थानको उचित उपयोग हुने श्रेष्ठले बताउनु भयो। पार्क निमाण कार्य अन्तिम चरणमा पुगेको र अबको केही दिनमा सम्पन्न हुने जानकारी श्रेष्ठले दिनु भयो । साथै त्रिशूली बजार मात्र नभई नुवाकोट कै उदाहरणीय कार्यको सुरुवात भएको हुदा सहयोग लागि आग्रह गरे। हौसला र नयाँ उर्जाले आफ्नो ठाउँ आफ्नै बनाउन र सकारात्मक सोचका साथ नुवाकोटलाई सुन्दर बनाउन सबै मिलेर अगाडि बढ्न सबैलाई अनुरोध गरेका छन् ।
    पार्क निर्माण हुदा त्रिशुलीका स्थानीय उत्साहित रहेको पाएको बताउनु भयो। पार्कमा सरकारले हालसालै जारि गरिएको लिपुलेक सहितको नक्सा कोरेर पार्कलाई थप आकर्षक बनाईएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै