•            
    • TOKHA LIVE

    • १५ असार २०७७, सोमबार १२:५९

    देखियाे नुवाकोटमा पनि सलह:-

      

    टाेखा लाइभ,संवाददाता
    असार १५ नुवाकोट: नुवाकोटका विभिन्न स्थानमा पनि सलह किरा देखिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटमा अनुसार जिल्लाको बिदुर, र बेलकोटगढी नगरपालिका लगायतका क्षेत्रका सलह किरा देखिन थालेको हो । आफ्नो कार्यालय अगाडी सलह जस्तो किरा देखिएको र यो किरा सलह नै भएको कृषी ज्ञानकेन्द्र नुवाकोटले पुष्टी गरेको पत्रकार कपिलदेव खनालले सामाजिक संजालमा लेखेका छन् । त्यहि देखिएका किरा हेर्दा र अनुसन्धान गर्दा सलह नै भएको पुष्टि भएको ज्ञानकेन्द्र नुवाकोटका प्रमुख तेजप्रसाद दवाडिले जानकारी दिएका छन् ।सलह किरा ठूलो संख्यामा भने देखिएको छैन, थोरै मात्र देखिएको छ । यात्राको क्रममा हावाको गति र पानीका कारण थोरै मात्रामा जिल्ला आईपुगेको हुनसक्ने कार्यालयको अनुमान छ । सहलबाट मुखमा आएको बाली बचाउन सबै कृषि शाखाहरुमा उच्च सर्तकता अपनाउन निर्देशन दिइएको कार्यालयले जनाएको छ । सलह अहिले थोरै संख्यामा थोरै देखिएपनि उच्च सतर्कता अपनाउनुपर्छ, तत्कालका लागि धानको बीउ, कोदोको बीउ जोगाउन किसानलाई ज्ञान केन्द्र नुवाकोटले अनुरोध गरेको छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै