द न्युयोर्क टाइम्स
अमेरिकामा यदि सामाजिक दुरीको नियम एक हप्ता अगाडिदेखि लगाइएको थियो भने अहिले मृत्यु भएकाको संख्या भन्दा ३६ हजार कम मानिसको कोरोनाको कारण मृत्यु हुने अनुमानित आँकडा विश्व प्रख्यात कोलम्बिया युभर्सिटीले निकालेको छ ।गत मार्चमा कोरोनाको त्रासमा मानिसहरु घर बस्न थाल्नु भन्दा अगाडि १ तारिखदेखि नै लकडाउन र सामाजिक दुरीको वाध्यकारी नियम लागू गरेको भए अहिलेको मृतकको संख्यामा ८३ प्रतिशत कमी आउने उक्त विश्व बिद्यालयका अनुसन्धानकर्ता आनुसन्धानबाट अनुमान गरेका हुन । उक्त आँकडा अनुसार यदि दुई हप्ता अगाडि नै सामाजिक दुरी र लकडाउन गरेको भए मेई महिनाको सुरुवातसम्म ५४ हजार मानिसको मृत्यु रोकिने थियो । लकडाउन र सामाजिक दुरीको नियम समयमा लागू नहुँदा मार्चको सुरुदेखि नै कोरोना महामारी अमेरिकी सहरहरुमा भुसको आगो जस्तो फैलियो । लकडाउन र सामाजिक दुरीको नियममा थोरै समयको फरकले पनि न्युयोर्क, न्युअर्लिन्स लगायत अन्य अमेरिकी शहरमा अप्रिल महिनासम्म कोरोना संक्रमणको बृद्धिमा निकै कटौती हुने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् ।
कोलम्बिया युभर्सिटीका महामारीबिज्ञ तथा अनुसन्धानकर्ता समुहको नेतृत्वकर्ता जेफ्री सम्यानले भनेका छन्; ‘त्यो थोरै समयले धेरै धेरै ठुलो प्रभाब पर्यो । यदि त्यो थोरै समयलाई संक्रमण एकदमै बढ्न सुरु गर्ने बित्तिकै चिनेर समाउन सकेको भए मृत्यु हुनेको संख्या धेरै घट्ने थियो’ । तर मार्च ९ तारिखसम्म राष्ट्रपति ट्रम्पले अमेरिकामा नियमित फ्लुको कारणबाटै वार्षिक ७० हजार मान्छे मर्ने भन्दै आफ्नो ट्विट मार्फत कोरोनाको कारण अमेरिका बन्द नहुने यस्तो ट्विट् गर्दै थिए; “कुनै कुरा बन्द हुँदैन जीवन र अर्थतन्त्र दुई वटै चलिरहन्छ । अहिलेसम्म जम्मा ५४६ जना मात्र संक्रमित छन् भने २२ जनाको मृत्यु भएको छ” । तर त्यति बेलासम्म हजारौं अमेरिकीहरु भित्र भित्रै कोरोना संक्रमित भै सकेको तर कोरोना टेस्ट नगरेको अवस्थामा रहेको अनुसन्धानकर्ताहरुले पछि पत्ता लगाएका थिए । ईटाली र दक्षिण कोरियाले आक्रमक रुपमा कोरोनालाई सम्बोधन गर्न सुरु गरी सक्दा अमेरिकामा राष्ट्रपति ट्रम्प सभा समारोह रद्ध गर्ने कुराको प्रतिरोध गर्दै थिए । मानिसहरु घर भित्रै बस्नु पर्ने कुरा र भिडभाड गर्न नहुने कुराको बिरोध गर्दै धेरै जसो अमेरिकनहरुलाई भाईरसको खतरा एकदमै कम भएको बताउदै थिए। मेइ २१ तारिख बिहीवारसम्म दक्षिण कोरियामा ११ हजार १ सय २२ संक्रमित र २ सय ६४ को मृत्यु भएको छ भने अमेरिकामा १५ लाख ५२ हजार ५ सय ९४ संक्रमित छन् भने ९३ हजार ४ सय ७१ को मृत्यु भै सकेको छ । दक्षिण कोरिया र अमेरिका दुबै देशमा जनवरी २० कै दिन पहिलो कोरोना संक्रमित भेटिएका हुन् । कोलम्बिया युभर्सिटीको नयाँ आँकडाको प्रतिकृया दिंदै बुधबार साँझ व्हाईट हाऊसले राष्ट्रपति ट्रम्पले दाबी गर्दै आएको जनवरीदेखि चीनबाट भ्रमण रोकिएको र मार्च मध्यदेखि युरोपबाट भ्रमण रोकिएको कारण अमेरिकामा कोरोना संक्रमण धेरै कम संक्रमण भएको पुनर्पुष्टी गरेको छ ।