•            
    • Sanu Raj Dangol

    • ९ जेष्ठ २०७७, शुक्रबार १४:४८

    पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना।

    ९ जेष्ठ २०७७, शुक्रबार ।

    काठमाडौं । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटना भएको हो ।

    उक्त विमानमा ९१ यात्रु र ८ जना चालकदलका सदस्य रहेको बीबीसीले जनाएको छ ।

    घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन ।

    जिन्ना इन्टरनेशनल विमानस्थल नजिकै भएको दुर्घटना भएको विमानमा प्राविधिक समस्या आएको बताइएको छ । विमान दुर्घटनाका केही तस्बिरहर सार्वजनिक भएका छन् । विमान खसेको घरमा आगलागी भएको छ ।

    कयौं घरबाट धुँवा निस्किरहेका छन् । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार कयौं परिवार यी घरहरुमा फसेका छन् । दुर्घटनाबाट भएको मानवीय क्षतिबारे विस्तृत विवरण आइसकेको छैन ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै