•            
    • Hikmat Dangol

    • ११ श्रावण २०७७, आईतवार २०:२५

    महाव्याधिपछि सपनाको नगरी न्युयोर्क छोडनेको भिड बढन थाल्यो

    न्युयोर्क टाइम्स ।संसारकै व्यस्त सहर मध्येको एक सहर न्युयोर्क कुनै बेला बसोबासका लागि मानिस लालायित हुन्थ्ये ।तर कोरोना महामारीपछि न्युयोर्कको त्यो तस्बिर बद्लिन थालेको छ ।मार्चमा महामारी सुरु हुने बित्तिकै करिब ४ लाख धनाढ्य न्युयोर्क बासी आफ्नो भेकेसन होम वा अन्य कुनै सुरक्षित सहर तिर भागे ।हाल जुलाईको अन्त्य भयो, कोरोना संक्रमण दर न्युयोर्कमा निकै कम भएको छ तर न्युयोर्क छाडेर अलि परतिर बसाई सर्न खोज्नेहरु भने झनै बढ्दै गएका छन् ।लामो समयदेखि रियल स्टेट पेसामा आबद्ध सुजन होरोविजले भनेकी छिन्; “मैले मेरो रियल स्टेट पेसाको जीवनकालमा न्युजर्सीमा घर खरिद गर्न यस्तो तछाड मछाड देखेको थिईन” ।उनले न्युयोर्क पारी न्युजर्सीस्थित एउटा सहर मोन्टक्लियरको बारेमा भनिन्; ‘त्यहाँ मानिसहरु घर बिक्रेताले मागेको भन्दा पनि ३० प्रतिशत ज्यादा तिरेर घर किनिरहेका छन् ।यो त एक प्रकारको पागल पन जस्तो नै भएको छ’। न्युजर्सी मात्र होईन न्युयोर्क राज्य भित्र कै अर्को सहर लङ आईल्यान्डमा पनि न्युयोर्क सहरको पाँच वटा बोरोबाट बसाई सर्नेहरुको चाप निकै बढेको छ । लङ आईल्यान्डस्थित ईस्ट ह्याम्टनको उदाहरण दिंदै अमेरिकास्थित अधिकांश मुलधारका संचार माध्यायमले बसाई सराईको प्रसँगमा लेखेका छन्; ‘ईस्ट ह्याम्टनमा गत साल यही समयको भन्दा घरको मुल्य झन्डै ३० प्रतिशतले बृद्धि भएको छ । गत बर्ष ८ लाख ५० हजार मुल्यमा खरिद बिक्री भएका घरहरु अहिले झन्डै ११ लाखमा खरिद गर्न प्रतिस्पर्धा छ ।एकातर्फ कोरोना महामारीको त्रास त्यसमा पनि महँगो तर साह्रै साँघुरो कोठामा बस्नु पर्ने वाध्यता ।अर्को तर्फ महामारीपछि थुप्रै टेक कम्पनीले घर मै बसेर काम गर्न सकिने ब्यबस्था गरेपछि ठुलो संख्यामा न्युयोर्कबासी नयाँ पुस्ता सहर छाडेर हिंडेको’ एसोसिएट्स प्रेसले लेखेको छ ।

    न्युयोर्कको सानो अपार्टमेन्टले महामारीको समयमा अत्याएको अधिकांश न्युयोर्कबासी न्युयोर्कमा काम गर्न आउ-जाउ पायक पर्ने गरी न्युजर्सी, कनेक्टिकट, लङ आईल्याण्ड वा उत्तरी न्युयोर्कका सहरहरुमा बसाई सर्न लालयित भएको ब्लुमबर्ग डट कमले जनाएको छ । ब्लुमबर्ग लेख्छ; ‘न्युयोर्क नजिकका खुल्ला सहरहरुमा अहिले घर खरिद गर्न तछाड मछाड भई रहेको छ’।
    फक्स २३ न्युजलाई म्यानह्याटनस्थित अपर ईस्ट साईडको एक अपार्टमेन्टमा आफ्नो पति सहित बसोबास गर्दै आएकी महिला सुसन कोहेनले न्युयोर्कबासीको पछिल्लो प्रतिनिधि मुलक बिचार बोल्दै भनेकी छिन्; “हामी बस्दै आएको यो सहर अब त्यस्तो सहर रहेन । हामी दुई महिनासम्म एउटा अपार्टमेन्ट भित्र थन्कियौं । अब भ्याक्सिन नआउदासम्म ट्रेन चढ्न जाने कुरै भएन, बस चढ्दैनौं । सिनेमा हेर्न सिनेमा-घर जाने पनि कुरै भएन । त्यसैले अर्को दुई बर्ष न्युयोर्क बस्नुको के मतलब भयो र ? के को लागि यहाँ बस्नु ?”


    कुनै बेला फेशनका लागि चर्चित सहर याङ्कीज, मेट्स, जाईन्ट्सका ठुल्ठुला खेल आयोजना हुने सहर मात्र होईन विश्वका हरेक देशको खाना चाख्न मात्र पनि पर्यटक लालयित हुने न्युयोर्क सहर बिशेषत: युवा बर्गको आँखाको नानी नै हो भन्दा अतिसयोक्ति नहोला । धनाढ्यहरुको लागि हरेक किसिमको सुबिधायुक्त न्युयोर्क सहर मनोरन्जनका लागि मात्र पनि महामारी अगाडिसम्म मानिस लालयित हुने गर्दथे । तर अहिले बिस्तारै मानिसको रोजाई बाहिर पर्न थालेको छ । युवा पुस्ता जो सहर भित्र बसेर काम गर्दै यस्को बैभवमा मस्त थियो, त्यो पुस्ताको ठुलो जमात न्युयोर्कको त्यो बैभव फेरी नफर्कने निस्कर्ष सहित सहर छाड्न थालेको एसोसिएट्स प्रेसले लेखेको छ । महामारीपछि कति मानिसले न्युयोर्क सहर छाडे भन्ने कुराको एकिन तथ्यांक नभए पनि न्युयोर्क टाईम्सले गरेको एक सर्भे अनुसार धनी क्षेत्रमा बसोबास गर्ने ४० प्रतिशतले मार्च १ देखि मेई १ भित्र न्युयोर्क छाडी सकेका छन् ।

    People wear protective face masks as they wait in line to receive free food at a curbside pantry for needy residents run by the Catholic Charities of Brooklyn and Queens during the outbreak of the coronavirus disease (COVID-19) in the Brooklyn borough of New York City, New York, U.S., April 24, 2020. REUTERS/Mike Segar – RC24BG9NMCG1
    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै