•            
    • TOKHA LIVE

    • ५ श्रावण २०७७, सोमबार १४:३८

    चीनले उइगर मुस्लिम समुदायप्रति चरम दमन गर्‍यो : बेलायत

    एजेन्सी : बेलायतले चीनले अल्पसंख्यक उइगर मुस्लिम समुदायप्रति चरम दमन गरेको आरोप लगाएको छ । बेलायतका विदेशमन्त्री डोमिनिक रावले चीनमा मुसलमान समुदायमाथि चरम मानवअधिकारको हनन् भइरहेको बताएका हुन् ।
    लामो समयदेखि चीनले अल्पसंख्यकहरुमाथि दमन गरेका प्रतिवेदनहरु सार्वजनिक भएपछि बेलायतको कडा प्रतिक्रिया आएको हो । बेलायतका लागि चिनियाँ राजदुत लियू सियामिङले भने विदेशमन्त्री डोमिनिकको आरोपको खण्डन गरेका छन् । उनले चीनले सबै नागरिकमाथि समान ब्यवहार गर्ने पनि बताएका छन् ।
    बेलायतका केही सञ्चारमध्यमले उइगर मुसलमानलाई चीनको सिनजियाङ प्रान्तमा रहेका शिविरमा राखेर चरम यातान दिएको भिडियो सार्वजनिक गरेपछि विदेशमन्त्रीको प्रतिक्रिया आएको हो ।

    चीनले अल्पसंख्यक मुस्लिमको जनसंख्या नियन्त्रण गर्न भन्दै महिला तथा पुरुषहरुलाई अनुमति बिना परिवारनियोजन गर्ने गरेको प्रतिवेदन केही समयअघि सार्वजनिक भएको थियो ।
    विदेशमन्त्री रावले चीनले आफ्ना गतिविधि तत्काल सुधार नगरे प्रतिबन्धहरु लगाउन सक्ने चेतावनीसमेत दिएका छन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै