•            
    • Hikmat Dangol

    • ६ जेष्ठ २०७७, मंगलवार ०८:२७

    न्यूजवीक र टाइमबीच अनौठो युद्ध

    हिक्मत डंगोल
    १७ फेबवरी १९३९ को दिन न्यूयोर्कबाट निक्लेका समाचारपत्रहरुको प्रथम पृष्ठमा एक दृष्टि पु¥याएको खण्डमा न्यूजवीक को सपलताको कारणहरु पत्ता लगाउन कसैलाई पनि मुस्किल पर्दैन । त्यस दिनको ट्रिव्युन मा कुनै चित्र थिएन । टाइमले पुरै पुष्ठभरि एकै किसिमका टाइप प्रयोग गरेको थियो । समाचार र शीर्षक पनि एक–आपसमा गज्याङ–मज्याङ देखिन्थे । परन्तु न्यूजवीक का शीर्षकहरु ठूला–ठूला अक्षरमा स्पष्ट देखिनेगरि छापिएका थिए । अखबारका पृष्ठ आधा दर्जन जति चित्रहरुले सुसज्जित थिए । प्रत्येक समाचारको वीचमा केही खाली ठाउँ छोडेर एउटा समाचारलाई अर्काेबाट अलग गराउन राम्रो व्यवस्था गरिएको थियो । न्यूजवीक मा४० पेज थियो जब कि टाइममा २५ पृष्ठ भन्दा बढी थिएनन् ।
    १७ फेबवरीको सब भन्दा ठुलो समाचार हेवाइट रिभर जकसन नामक शहरमा भएको रेल दुर्घटनाको सम्बन्धमा थियो । न्यूजवीकले त्यस समाचारलाई ४ पेजमा छाप्यो । समाचारमा एउटा साहसी फायरम्यानले आधा दर्जनजति यात्रुहरुलाई मृत्युको मुखबाट कसरी बचाउन सक्यो भने कुराको वर्णनका साथै उक्त दुर्घटनाको सम्बन्धमा उसले गरेको प्रत्यक्ष वर्णनको गाथा पनि छापियो । दुर्घटनाबाट पीडित कैयौं मानिसहरु तथा डाक्टर एवं नर्सहरुद्धारा वर्णित कथा पनि प्रकाशित भयो । समाचारसँगै छापिएका चित्रमा दुर्घटनास्थलको सम्पुर्ण दृश्य र पीडित व्यक्तिका साथै भाँचिएर पल्टेका रेलका डिब्बाहरु पनि देखाइएको थियो ।
    ट्रिव्यून ले त्यस समाचारलाई मात्र दुई कोलममा छाप्यो । त्यसमा घटनाको प्रत्यक्ष वर्णन पनि थिएन न कुनै चित्र नै प्रकाशित थियो । सन ले यसलाई रेल रोड हत्याकाण्ड शीर्षक दिएर घटनाको राम्रो वर्णन गरेको थियो । तर एउटा सानो कोलममा मात्र । टाइमले त यस समाचारलाई पूर्ण उपेक्षा नै ग¥यो । परन्तस १९४६ सम्म स्थितिमा धेरै परिवर्तन आयो । न्यूजवीक आफ्नो ग्राहक संख्या सर्वाधिक छ भनेर निश्चित रहन सक्ने स्थिति थिएन । यसको प्रतिद्धन्दी टाइम ट्रिव्युन हेरातक, वल्र्ड, मानिङ जर्नल र सन्डे वल्र्ड जस्ता प्रतिद्धन्दीहरु बजारमा आएको थियो । न्यूजवीक का कर्मचारीहरुलाई पाठकहरुको आकर्षण आफूतिर बढाउन धौँ–धौँ हुन थालेको थियो ।
    कुनै बेला न्यूजवीक मा काम गरिसकेको विलियम रेफर्डले सनफ्रान्सिस्कोको एउटा सानो अखबार एक्जामिनर खरीद गरेर आफैँ चलाउन थालेको थियो । उसले त्यसबेला आफ्नो बाबुलाई एउटा चिठ्ठी लेख्यो, जसको सानो अंश यस्तो थियो – हामीले पत्रिकालाई यथासम्भव मौलिक बनाउने प्रयत्न गर्नु नै उत्तम हुनेछ । तर कुनै बेला आवश्यक परेमा मात्र अरु अखबारहरुको समाचार लिनु पर्ला । नक्कलै गर्नु प¥यो भने पनि न्यूजवीकबाट प्रकाशन हुने न्यूजवीक जस्तो प्रमुख समाचारपत्रको मात्र गर्नुपर्ला ।
    एक्जामिनरले छोटो समयमा लोकप्रियता हासिल ग¥यो । हस्टले अब न्यूयोर्कतिर आँखा लगायो । त्यो समाचारपत्रलाई चुनौती दिने विचार ग¥यो, जसलाई उसले देशको सर्वाेत्तम समाचारपत्र मान्थ्यो । न्यूजवीक ले एउटा खतरनाक विपक्षीसँग सामना गर्न परिरहेको कुरा राम्ररी बुझेका थिए । त्यसकारण उनले गोडार्डको ठाउँमा विस्नेवलाई न्यूजवीकका सम्पादक बनाए । र त्यसपछि लाइम र न्यूजवीकका कर्मचारीलाई एक–आपसमा तानातान गर्ने द्धन्द नै चल्यो । टाइमले न्यूजवीकका कर्मचारीलाई बढी तलब दिन्छु भनेर आफुकहाँ बोलायो । केही कर्मचारीहरु उतै फर्के । न्यूजवीकका सम्पादकले यस्तो धन्दा गर्ने विचार गरेनन् । सम्पादक विस्नेनले भने– यदि उनीहरुले टाइमसँग काम गर्न चाहान्छ भने उतै काम गरुन् ।
    त्यसपछि ती दुई पत्रिकाको वीचमा सनसनीपूर्ण समाचारको एउटा द्धन्द सुरुभयो । जो पत्रिकाको जगतमा पहिले कहिल्यै भएको थिएन । र पछि पनि देखिएन । पाठकहरुले आईतबार विहान न्यूजवीक र टाइम मा छापिएका हत्या, अपराध र यौन–अपराधका उत्तेजनापूर्ण समाचार पढ्ने अवसर पाए । यो सिलसिला यसरी अगाढि बढ्यो कि शब्दकोशहरुले पनि थ्भिियध व्यगचलबष्किm (पीत पत्रकारिता) जस्ता शब्दहरु आफूमा समेट्ने अवसर पाए । यस पीत पत्रकारिता शब्दको उत्पति नै यी दुई समाचार बीच चलेको विशेष संघर्षको परिणाम स्वरुप हुनगयो ।
    न्यूजवीकले पछिलो पटक हास्यव्यंग चित्रवाली प्रकाशन आरम्भ गरेको थियो । त्यसकारण एउटा लामो समयावधिसम्म यसलाई त्यसको श्रेय दिइन्थ्यो र लयसको प्रसिद्धि पनि बढेको थियो । यसमा होगनको गल्ती नामक चित्रवली विशेष लोकप्रिय थियो । त्यस चित्रावलीको नायक ‘यलो किड’ (पहेँलो केटो) को नामले गर्दा त्यो चित्रमाला जनतामाझ खुब लोकप्रिय थियो ।
    टाइमले प्रलोभन दिएर त्यस व्यंग चित्रकारलाई पनि आफ्नो पत्रिकामा नियुक्त ग¥यो । त्यस चित्रमालाको एकाधिकार केवल न्यूजवीक सँग थियो तापनि केही समयसम्म दुबै पत्रिकाले त्यही चित्रमाला प्रकाशन गरे जसमा ‘होगनको गल्ली’ कथा चित्रित गरिउको हुन्थ्यो ।
    अन्तमा, न्यूजवीक यस परिणाममा पुगे कि न्यूजवीक उत्तेजनाबादमा धेरै अगाडि बढिरेहेको छ । न्यूजवीक का मालिक ब्रेड्लीले ब्रिस्नेनलाई अत्यधिक उत्तेजक समाचारमा कमी ल्याउन आदेश दिए । टाइम लाई तल पार्ने पर्यत्न गर्नु व्यर्थ थियो । यसबाट न्यूजवीक ले आफ्नो प्रतिष्ठा गुमाइरहेको थियो ।
    सन् १९४९ मई ११ का दिन ब्रिस्नेनद्धारा सम्पाहित न्यूजवीक बजारमा पुग्यो । पत्रिका ब्रेड्लीले सोचे जस्तो हुन सकेको थिएन तापनि शहरका विभिन्न ठाउँमा एउटा नयाँ हलचल पैदा गराउन अवश्य सफल भयो । शहरमा स्थापित भैसकेका अन्य समाचारपत्रका सम्पादकहरुले यस नयाँ पत्रिकालाई केही प्रोत्साहनको भावनाका साथै अलिअलि सतर्कतापूर्वक पनि हेरे । तर यसको अलिकति अचम्म लाग्दो शैली देखेर यसबाट केही खतरा उत्पन्न हुनसक्ने आशंकालाई भने उनीहरुले नकार्न सकेनन् । उनीहरुले न्यूजवीकको शैलीप्रति मानिसहरु आकर्षित हुनसक्ने अनुमान गरे । उदाहरणका लागि आँधीवेरीवाला कथालाई नै हेरौँ न ! कस्तो शीर्षक राखेको छ –“घाटक बज्रपात” त्यसपछि सानो शीर्षक छ – “ छ जनाको मृत्यु दश लाख डलरको क्षति ।”
    यी शीर्षकहरुको तह मानवीय रुचिका घटनाहरुको वर्णनका साथै दुई कोलम लामो समाचार अनि त्यस शहरका पुराना पत्रकारहरुले हत्यारा सम्बन्धी समाचार पनि पढेर आफ्नो मुख बग्याए । त्यस समाचारमा उसलाई फाँसीको सजाय हुनु भन्दा पहिलेको रात अर्थात उसको जीवनको अन्तिम राताको वर्णन थियो । न्यूजवीक ले लेखेको थियो– त्यस अपराधीले पादरीलाई भेट्न पनि मानिरहेको थिएन ऊ चिच्याइरहेको थियो । “ म क्याथोलिक होइन, म एउटा लोकतन्त्रवादी हुँ ” र उसले प्राण नगएसम्म यही भनिरहेको थियो । “ यिनीहरुले एउटा निरअपराध मानिसलाई मृत्युदण्ड दिइरहेका छन् ।” पुराना पाठकहरु त्यस दिको न्यूजवीक पढेर चकित भए । यस पत्रिकालाई के भयो ? यसको अनुदारपन्थी नीति कता गयो ? बिस्नेन्का पुरातनपन्थी लेख र सम्पादकीय कता गए ?
    यस अखबारमा रुचि देखाउनेहरुको एउटा अर्काे समूह पनि थियो । साथै टाइम ट्रिब्यून, हेरल्ड । वल्र्ड जस्ता पत्रिका किन्न आउने पाठकहरुले पनि एकपटक न्यूजवीक को प्रथम पृष्ठमा सरसर्ती आँखा दौडाए, फेरि एकपटक ध्यानपूर्वक पढे र अन्तमा यो पत्रिका किनेरै लगे । पसलेहरुले पनि न्यूजवीक लाई अरु अखबार भन्दा अलिकति बढि झुण्ड्याएर राखे । कुनै एउटा मानिसले गाडीबाट ओर्लेर पसलेलाई सोध्यो –“ यस अखबारलाई किन सबैभन्दा राम्रोसँग सजाएर राख्छौँ ?” “होइन, होइन म कुनै पत्रिकालाई अर्काे पत्रिकामाथि राख्दिन, म कुनै पत्रिकाप्रति पक्षपातपूर्ण व्यवहार गर्दिन् ।” पसलेले उसलाई जवाफ त दियो तर विस्तारै भन्यो –“कुरो के हो भने यो समाचारपत्र मैले पढेको छु र यो मलाई खुब राम्रो लागेको छ । यो अरु भन्दा बेग्लै खालको छ । यसका खबरहरु आफैं चिच्याएर बोलिरहेका छन् । ऊ त्यो अगाढिको पसल छ नि, त्यसको मालिक एन्डरसनले हमेशा टाइम किन्थ्यो । आज न्यूजवीक मा छापिएका आँधी बेहरीको खबर पढेर उसले मसँग भन्यो–“हेर त, यसमा मेरी काकीको नाम पनि छापिएको रहेछ, उनी न्यूजर्सीमा बस्छिन यसमा उनैको भनाइ लेखिएको छ –“आँधी–बेहरीका कारण उनको घरमा आगो लाग्यो, अनी आत्तिएर सहयताको लागि कराउन थालिन । एन्डरसनले आफ्नो परिवारका सबै सदस्यलाई देखाउन भनेर यस पत्रिकाका छ प्रति किनेर लग्यो । अनि त्यो हत्याराको कथा – ओहो ! कस्तो तरिकासँग लेखिएको छ, पढ्ने मान्छे प्रभावित नभैरहन सक्दैन । यो पत्रिकाले त मेरो दिमागमा पनि ठुलो छाप पारेको छ । म यसलाई कहिल्यै भुल्ने छैन ।”
    पसलेको कुरा सुनेर त्यो गाडीवालाले पनि एकप्रति न्यूजवीक किनेर लग्यो । ब्रेस्निनले न्यूजवीक को काम बडो उत्साहपूर्वक गर्न थाल्यो । उसका साथीहरु पिटर गोल्डम्यान जोन लिन्डसे र बब स्पीट्जर न्यूजर्सीबाट आएपछि त कामको गतिमा झन तीव्रता आयो । यी तीनै जना काममा लगनशील, उत्साही र दृदनिश्चयी थिए । दिनदिनै सम्पादक मण्डलको बैठक बस्थ्यो, पत्रिकाको उन्नतिका निमित खुलेर बहस हुन्थ्यो । कहिलेकाही उनीहरुको चर्काचर्की तल्लौ तलासम्म पनि सुनिथ्यो ।
    त्यसैगरी न्यूजवीकको सम्पादकमा फिलिप ग्राइम आए । फिलिप आएपछि न्यूजवीकको नयाँ कार्यशैली बदलिएको थियो । “म त हाम्रो कार्यालयलाई अब चिन्न पनि सक्दिन । यस्तो लाग्छ कि यहाँ ठूलो आँधी आएको छ । हरेक मनिस डगुरेका देखिनेछ…।” फिलिपले भने वास्तावमा फिलिप ग्राइम निकै साहसी र उत्साही थिए । सम्पादनकोे छलफलको क्रममा फिलिप ग्राइम भन्थ्यो–“हाम्रो अखबार के हो ? कस्तो हो भनेर यहाँका धेरै मानिसहरुले जान्न र बुझ्न बाँकी नै छ । अहिले जरुरी भए पनि पाठकलाई हामीतिर तान्नुपर्छ । पाठकहरुलाई फसाउन जाल बुन्नेपर्छ र चारो पनि हाल्न सक्नुपर्छ ।”
    आर्थिक स्थिति त्यति बलियो थिएन, तापनि आवश्यक नयाँ टाइपहरुको व्यवस्था गरियो । अखबारको रुपलाई आकर्षक बनाउन समाचार र शीर्षकहरुको बीचमा केही खाली ठाउँ छोडियो । यतिबेला न्यूजवीक ले प्रकारको जुवा खेलिरहेको थियो । पैसाको मुख हेरेर जरुरी खर्च नगर्दा पत्रिका नै डुब्ने सम्भावना थियो । न्यूजवीकले जग बसालिसकेको थियो । पत्रकारिता जगतमा स्थायी रुपमा आफ्नो बेग्लै स्थान बनाएको थियो । अखबार यस अवस्थामा पुग्दासम्म ऊसँग काम गर्ने कर्मचारीहरुले आफ्नो कर्मचारीहरुले आफ्नो मालिकलाई आधा दैत्य र आधा देवता मान्न थालिसकेका थिए । ऊसित डराउनुका साथै उसलाई ठुलो मान सम्मानको दृष्टिले पनि हेर्थे । कसैले कुनै काम बिगारेको बेला जब ऊ रिसाउँँथ्यो त्यस बेला सबै डरले थर्कमान हुन्थे । साथै उसको ज्ञान र बुद्धिमतापूर्ण काम देखेर उनीहरुले उसको पूजा गरिरहेका छन् ।
    समय अब निष्ठुर बनेको छ । यी दुई ठुला अखबारको प्रतिस्पर्धा रोकिएको छ । म्यार्गजिनको दुनियाँमा टाइम र न्यूजवीकबीच ठुलो प्रतिस्पर्धा थियो । न्यूजवीकको बढर्ढो लोकप्रियता र टाइम को घट्दो ग्राहकसंख्याका कारण यी दुई पत्रिकाबीच सामान्य द्धन्द हुनु अस्वाभाविक थिएन । विज्ञापनदाता र ग्राहकबीच मात्र होइन कतिपय अवस्थामा कर्मचारी समेत तानातान हुने गथ्र्यो । टाइमका पूर्वप्रबन्ध सम्पादक जिम केली सम्झन्छन् –“एकपटक त एउटै परिवारका पनि दुई प्रतिस्पर्धी काम गर्थे । अन्नालिन स्वान टाइममा संगीत समीक्षक थिइन भने उनका पति मार्क स्टेभन्स न्यूजवीकका कला विश्लेषक ।”
    सातैपिच्छे ३० लाख प्रति विकिरहेको न्यूजवीक सन् २०१३ को शुरुवाटदेखि अनलाई मार्फत पाठकमाझ पुगेको थियो । बितेको दशकमा प्रविधिले कति फड्को मा¥यो ? त्यसको जवाफी पक्कै पनि लामो हुनेछ । यही विज्ञान वरदानले अहिले सबैको टाउँको दुखाएको छ । विशेष गरी छापा अधोगलाई खास गरी विकसित मुलुकमा ।
    हाल न्यूजवीकको डिजिटलको नाम “न्यूजवीक ग्लोवल” राखिएको छ । इन्टरनेटको बढ्ढो दबदबासँगै विज्ञापन र वितरण घटेकाले न्यूजवीक बन्द हुन पुगेको हो । सन् २००७ देखि यसको कमाइ एक तिहाइ भन्दा बढीले घटेको थियो । सन् १९३३ मा न्यूयोर्कबाट छापिन थालेको न्यूजवीक विश्वभर वितरण हुन्थ्यो । सन् १९६० देखि यसको ग्राहक संख्या मात्र ३१ लख नाघिसकेको थियो । अंग्रेजी भाषामा प्रकाशित हुने न्यूजवीक १२ विश्वव्यापी संस्करण थिए । अमेरिकामा ९ सहित विश्वभर २३ ब्युरो थिए । पहिलो पटक छापिँदा न्यूजवीकको ग्राहक मूल्य १० सेन्ट थियो भन्ने सन् २०१२ को अन्त्यसम्म यसको मूल्य बढेर ७ डलर भएको थियो । ८० वर्षको यस लामो यात्रामा यसका ४ हजार १ सय ५० अंक निस्किए ।
    सन् २०१२ को अक्टोवरमै यसको प्रधान सम्पादक टिना ब्राउनले पत्रिका बन्दको घोषणा गरेकी थिइन । र डिजिटल म्यागजिन मा प्रवेश हुने र यो नयाँ अध्याय शुरु हुने बताएकी थिइन । अन्तिम अंकमा भावुक टिप्पणीका साथ सम्पादकीय लेख्दै “कहिलेकाँही परिवर्तन राम्रो हुदैन तर यो आवश्यकता पनि हुन्छ । एकदिन पेप सबै प्रतिष्पर्धी यही अनलाइनको बाटो आउनेछन् । यसमा हामी अगाडि छौँ ।” टीन ब्राउनले अन्तिम अर्काे पहिलो पृष्ठ सार्वजनिक गर्दै भनेकी थिइन, “बिटर स्वीट, बेस अस लक ।”
    न्यूजवीक छापा संस्करण बन्द भएपछि पत्रिकाको खर्च घटेको थियो । विज्ञापन माफृत उठने रकममा पनि कमि आएको थियो । विज्ञापनदाताले अनलाइनका लागि छापा जति पैसा तिर्न तयार भएनन् । प्रस्पिर्धी टाइम म्यागेजिनलाई एक्लै मैहानलाई छाडे् न्यूजवीक विदा भएको ७ वर्ष बितिसकेको छ । विज्ञापन संकलन र ग्राहक संख्याको दृष्टिले यो अमेरिकाको टाइम पछिको दोस्रो ठुलो म्यागेजिन थियो । पत्राकारहरुका निमित कुनै एउटा अखबार निक्लनु र बन्द हुनु कुनै ठुलो कुरा थिएन । प्रतिस्पर्धामा तल पर्ने अखबार बन्द पनि हुन सक्थ्यो । कुनै अखबार कसैले किन्न या बेच्न पनि सक्थ्यो । अवस्था अनुसार अर्काे समाचारपत्रसँग जोडिएर नयाँ रुपमा चल्न पनि सक्थ्यो । पूर्णतः बन्द हुन पनि सक्थ्यो । पुराना पत्रकारहरुका लागि यो कुनै नयाँ कुरा थिएन । कुनै पनि समाचारपत्र आफ्नो प्रकृर्तिबाट अमर हुन सक्ने कुरा पनि थिएन । तर न्यूजवीक सँग सम्बद्ध कर्मचारीहरु यस्ता कुरा मान्न तयार थिएनन् । उनीहरु भन्थे–“ यो अरु अखबार जस्तो होइन, योत आफ्नै प्रकारको अलग विशेषतायुक्त अखबार हो । यो त बेच्ने वस्तु होइन। इसलाई सार्वजनिक सम्पत्ति भन्नुपर्छ ।”
    तर अपसोच ! न्यूजवीकलाई बचाउने प्रयत्न सफल हुन सकेन । सन् २०२१ डिसेम्वर ३१ का दिन यसलाई माया गर्ने कर्मचारीहरुका आँखाबाट पुनः एकपटक आँसुका धारा बगे ।
    स्रोतः न्यूजवीक

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै