•            
    • Hikmat Dangol

    • २९ असार २०७७, सोमबार २०:३९

    टेक्सासमा घर झगडाको उजुरी आएपछि घटनास्थल पुगेका दुई प्रहरी अधिकृतको गोली हानी हत्या

    म्याकअलेन । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ ।

    प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि एकाएक गोली चलाएको र प्रतिकार समेत गर्न पाएका थिएनन् ।

    म्याकअलेनका प्रहरी प्रमुख भिक्टर रोड्रिगेजका अनुसार मृत्यु भएका प्रहरीहरुमा ४५ वर्षीय एडेलमिरो गार्जा र ३९ वर्षीय इस्माएल चाभेज रहेका छन् ।

    प्रहरी प्रमुख रोड्रिगेजले शहरमा शान्ति सुव्यवस्थाका लागि अहोरात्र खटिने दुई इमान्दार प्रहरी मारिएको भन्दै दुःख प्रकट गरे ।

    गोली प्रहार गरेका क्यामारिल्लोले उक्त घटना भएलगत्तै आत्महत्या गरेका थिए ।

    प्रहरी रेकर्डमा प्रहरीमाथि गोली चलाउने ती व्यक्तिलाई विभिन्न अपराधमा यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो ।

    टेक्सासका गभर्नर ग्रेग अब्बोटले आफूले प्रहरीको सेवा र साहसप्रति सदैब गर्व गर्ने गरेको बताउँदै दिवंगत प्रहरीका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

    प्रहरीको मृत्युप्रति टेक्सासका विभिन्न राजनीतिक तथा सम्बन्धित निकायहरुले दुःख प्रकट गरेका छन् ।
    – एजेन्सी

    McAllen police chief Victor Rodriguez on the scene of a deadly shooting in south McAllen on Saturday, July,11,2020. Photo by Delcia Lopez/The Monitor | [email protected]
    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै