•            
    • TOKHA LIVE

    • २९ असार २०७७, सोमबार १९:५८

    १०४ वर्षीया वृद्धाले अस्पताल नगइकनै जितिन् कोरोना:-

    एजेन्सी
    लण्डन : म्यानमार मूलकी १ सय ४ वर्षीया बेलायती महिला कोरोना संक्रमणबाट चमत्कारिक रुपमा ‘रिकभर’ भएकी छन् ।

    बेलायतको केन्टमा बस्ने ती वृद्धाले अस्पताल समेत नगइ घरमै बसेर कोरोनालाई जितेकी हुन् । घरमा आफू बसेको क्षेत्रमा कोरोना संक्रमणले व्यापक रुप लिएपछि उनी सावधानी अपनाउँदै घरमै बसेर उपचार गरेकी थिइन् ।

    परिवारका सदस्यहरुका अनुसार उनी ओछ्यानबाट उठ्न समेत सकेकी थिइनन् । साथै स्वास फेर्न गाह्रो भएको बताइएको छ । तर अहिले पूर्ण रुपमा उनलाई निको भइसकेको बताइएको छ । साथै नियमित व्यायाम गर्ने गरेको उनी बताउँछिन् ।

    अन्तर्राष्ट्रिय मिडियाका अनुसार ग्रेस ग्रिनउड नाम गरेकी ती महिला पहिले नर्स पेशामा थिइन् । त्यसबेला उनले भारतमा समेत रहेर काम गरेकी थिइन् । १९४६ मा बेलायत पुगेकी हुन् । उपचारपछि उनको साथमा उनकी नातिनीले स्वास्थ्य निगरानी गरिरहेकी छन् ।

    नातिनीका अनुसार ग्रेस साहसी महिला भएकाले उनले कोरोना संक्रमणलाई जित्न सफल भएकी हुन् । कोरोना भइसकेपछि पनि उनले आफूलाई सामान्इ रुपमा प्रस्तुत गरेको नातिनीले बताएकी छन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै